तामाकोसी पाचौंमा स्थानीयलाई ५० प्रतिशत सेयर दिन दाेलखा कांग्रेसका सचिवकाे माग

 पब्लिक संवाददाता      बिहिबार, साउन ११, २०८०      0

तामाकोसी पाचौंमा स्थानीयलाई ५० प्रतिशत सेयर दिन दाेलखा कांग्रेसका सचिवकाे माग

दाेलखा, ११ साउन
नेपाली कांग्रेस दाेलखाका सचिव दावासाङ्गे शेर्पाले स्वदेशी लगानीमा दाेलखाकाे विगु गाउँपालिका ३ जामुनेमा निर्माण भईरहेकाे तामाकोसी पाचौं जलविद्युत आयोजनामा जिल्लाबासीलाई ५० प्रतिशत सेयर दिन माग गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै शेर्पाले आयोजनामा ५० प्रतिशत सेयर सुनिश्चित गर्न माग गरेका हुन् । उनले जिल्लाबासीलाई ५० प्रतिशत सेयर नदिए संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

‘हामीले माथिल्लो तामाकोसी बनायाै तर के पायौं? सुनकाे अण्डा पार्ने कुखुरी उपमा दिएकाे १ खर्बकाे माथिल्लो तामाकोसी आयोजनाबाट जिल्लाबासीले अन्तिममा ३४ कित्ता सेयरमा चित्त बुझाउनुपर्याे’ उनले लेखेका छन् – ‘अब जिल्लाकाे अर्काे दाेस्राे ‘मेगा प्राेजेक्ट’ तामाकोसी पाचौंमा त्याे गल्ती नगराै, दाेलखालीकाे खाेलामा दाेलखालीकै अधिकार स्थापित गर्न ५० प्रतिशत सेयर सुनिश्चित गराैं’ ।

१८ अर्ब कुल लगानीकाे तामाकोसी पाचौं आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत सेयर संरचनाबाट लगानी जुटाईदैछ । सञ्चय काेषबाट सम्पुर्ण ऋण लिएर यो आयाेजना निर्माण हुदैछ । तामाकोसी पाचौंमा करिब ६ अर्ब रकम सेयरबाट जुटाईदैछ । जस मध्ये ६८ प्रतिशत बिद्युत प्राधिकरण, १५ प्रतिशत देशभरका सर्वसाधारण, १० प्रतिशत दाेलखाबासी र बाकी ७ प्रतिशत ऋण लगानीकर्ता र आयोजनाका कर्मचारीकाे सेयर हुदैछ ।

सचिव शेर्पाले जिल्लाबासीकाे ५० प्रतिशत सेयर सुनिश्चित गर्न विकल्प समेत सुझाएका छन् ।

उनले प्राधिकरणलाई आयोजनामा ऋण लगानी समेत गर्न आग्रह गरेका छन् । ‘ नेपाल बिद्युत प्राधिकरण अहिले नाफामा गएकाे छ’ शेर्पाले भनेका छन् – ‘प्राधिकरणले ६८ काे सट्टा २८ प्रतिशत मात्र सेयर हालेर बाकी ऋण लगानी गर्ने प्रबन्धक मिलाउन सक्छ । यसाे गर्दा सेयर संरचना मध्ये ५० प्रतिशत दाेलखाबासीका लागि सुनिश्चित हुनेछ।’ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *