जिल्ला समन्वय समितिकाे निर्णय विरुद्ध दाेलखाका क्रसर व्यवसायी

सम्पुर्ण कसर उद्योगहरु अनिश्चित कालका लागी बन्द गर्ने निर्णय

 पब्लिक संवाददाता      शुक्रबार, साउन ५, २०८०      0

सम्पुर्ण क्रसर उद्योगहरु अनिश्चित कालका लागी बन्द गर्ने निर्णय

दाेलखा ५ साउन

नेपाल सरकारले तोकेको मापदण्ड नपुगेका, दर्ता नभएका कसर उद्योगहरु बन्द गर्ने निर्णयकाे विरूध्द दाेलखाका क्रसर व्यबसायीहरू आन्दाेलित भएकाछन।
सरकारले बनाएकाे मापदण्डअनुसार जिल्लामा एउटा पनि कसर उद्योग नभएका कारण जिल्ला समन्वय समितिले गरेकाे अव्यबहारिक निणर्यकाे बिराेधमा श्रावण ६ गते देखी जिल्ला भरिका सम्पुर्ण कसर उद्योगहरु अनिश्चित कालका लागी बन्द गर्ने भएकाछन।
जिल्ला समन्वय समिति दोलखाको अाजकाे बैठकले नेपाल सरकारले तोकेको मापदण्ड नपुगेका, दर्ता नभएका कसर उद्योगहरु बन्द गर्ने निर्णय गरे लगत्तै एक विज्ञप्ती जारी गर्दै दोलखा जिल्ला क्रसर ब्यवसायी संघका संयाेजक सन्ताेष मैनालीले साे सार्वजनिक गरेका हुन ।

मैनाली दुवारा हस्ताक्षरित विज्ञप्तिमा दोलखा जिल्ला भरिका क्रसर उद्योगहरु नेपाल सरकारको मापदण्डमा नपर्ने र अन्य ठाउँमा उद्योग स्थानान्तरण गरि संचालन गर्न पनी भौगोलीक अवस्थाले नेपाल सरकारले तोकेको मापदण्ड पु-याउन नसकिने उल्लेख छ।
श्रावण ६ गते देखी दोलखा जिल्ला भरिका सम्पुर्ण कसर उद्योगहरु अनिश्चित कालका लागी बन्द गर्ने निर्णय गरेका छाै मैनालीले भने ।

पहाडकाे भाैगाेलीक अबस्था नबुझी कसर व्यबसायी माथि पटकपटक आक्रमण गर्ने स्थानीय सरकारकाे रबैया कै कारण निर्णय गर्न बाध्य भएकाे मैनालीले बताए। विकास निर्माणका साथै सम्बन्धित पक्षलाई पर्न जाने असर प्रती दोलखा जिल्ला कसर व्यवसायी संघ क्षमाप्रार्थी छाै, प्रेस विज्ञप्ति मैनालीले भनेकाछन।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *