पालिकाका उपाध्यक्ष तमाङको आज जम्बुडाँडामा अन्तयष्टि

 पब्लिक संवाददाता      मङ्लबार, साउन २, २०८०      0

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष स्यामसुन्दर तामाङको आज अन्तयष्टि गरिएको छ ।स्वार्गीय उपाध्यक्ष तामाङको शवलाई काठमाडौंको जोरपाटी नयाँवस्ति स्थित जम्बुडाँडामा अन्त्यष्टि गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवँ कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र सह महामन्त्री भिष्मराज आङदम्वेले तामाङको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएर अन्तिम बिदाई गर्नुभएको छ । अन्त्यष्टिकालागि संघीय सांसद गंगा कार्की, एमाले पोलिट्व्यूरो सदस्य एवँ पूर्वमन्त्री पार्वत गुरुङ, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, गौरीशंकर गाउँपालिकाका अध्यक्ष बिस्वास कार्की, लगायतका नेता, कार्यकर्ता एवँ शुभचिन्तकहरु जम्बुडाँडा पुगेका थिए । कांग्रेस गौरीशंकर गाउँपालिकाका सभापति समेत रहेका तामाङको आईतवार मुटुको शल्यक्रियाको क्रममा गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा निधन भएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *