यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले
यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले
दीपशंकर चौलागाई
दोलखा १ साउन ।
पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । ‘घटाएको भाडा दर आजदेखि नै लागु हुनेछ ।
सवारी परिक्षण कार्यालयवाट स्तरीय डिलक्स सवारीकोरुपमा स्तर कायम भई ब्लु बुकमा समेत स्तर कायम भएका सवारीका साधनले भने तोकिएको भाडा दरमा २० प्रतिशत थप भाडा लिन पाउने छन् । तराईमा लामो दुरीमा संचालन हुने बस र मिनि बसहरुको प्रति किलो मिटर २ रुपैयाँ ७१ पैसा भाडा दर कायम गरिएको छ । यस्तै, २५ किलोमिटर देखि २ सय ५० किलोमिटर दुरीसम्मका पक्की र ग्राभेल बाटोमा संचालन हुने यात्रुवाहक बस र मिनिबसको भाडा दर प्रति किलोमिटर २ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । जस अनुसार काठमाडौंदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको १ सय ३३ किलो मिटर यात्राको भाडा दर ३ सय ६९ रुपैयाँ ७४ पैसा पर्नेछ ।
काठमाडौंको कोटेस्वरवाट सिन्धुलीको खुर्कोट हुँदै बर्दिवाससम्मको १ सय ८८ किलो मिटर दुरीको भाडा ७ सय ९२ रुपैयाँ र बर्दिवासवाट सिन्धुली खुर्कोट, मन्थली हुँदै चरिकोटसम्मको १ सय ६४ किलो मिटरको भाडा दर ७ सय ४१ कायम गरिएको छ ।