सब इन्जिनियर खोलामा खसेर वेपत्ता

 पब्लिक संवाददाता      शुक्रबार, असार २९, २०८०      0

दोलखा २९ असार । खिम्ती–२ जलविद्युत आयोजनामा कार्यरत एक जना सब इन्जिनियर खोलामा लडेर बेपत्ता भएका छन् ।

जिरी नगरपालिका वडा नम्बर ४ घैलेश्वारा घर भएका सब ओभरसियर २५ वर्षीय कुशल कार्की खिम्ती–२ जलविद्युत आयोजनाको हेडवक्सबाट चिप्लिएर खिम्ती खोलामा खस्दा बेपत्ता भएका हुन् । जिरी नगरपालिका वडा नम्बर ८ स्थित बोक्सेको भिर नजिकबाट हेडवक्सको काम गर्ने क्रममा शुक्रबार चिप्लिएर उनी खोलामा खसेका प्रहरी निरिक्षक विष्णु बस्नेत ले बताउनुभयो । भारी वर्षा भएसँगै खोलामा बाढी आएको बेला घटना घटेपछि उनको खोजीकार्यमा कठिनाई भएको बस्नेतले बताउनुभयो ।स्थानीय र इलाका प्रहरी कार्यालय जिरीबाट खटिएका प्रहरी निरिक्षक  बस्नेत सहितको प्रहरी टोलीले खोजीकार्य जारी राखेको छ । बेपत्ता भएदेखि खोजीकार्य जारी राखेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरी निरिक्षक बस्नेतले बताउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *