कृषिमा क्रान्ति, २लाख ६० हजारको लगानी १४ लाख आम्दानी

 पब्लिक संवाददाता      शनिबार, असार १६, २०८०      0

दीपशंकर चौलागाई
दोलखा १६ असार । गोलभेडाको बीउ उत्दान गरि दोलखाका एक जना कृषकले बार्षिक १४ लाख सम्म आम्दानी गरेकाछन ।
दोलखाको मेलुङ गाउँ पालिका १ पवटीका माधव उपे्रतीले २५ किलो सम्म र्सिजना जातको गोलभेडाको हार्इिब्रड बिउ बिक्री गरि आम्दानी गरेका हुन । प्राविधि तथा टनेलको ब्यबस्थापन पालिका तथा अन्य सरकारी निकायबाट सहयोग प्राप्त भएपनि बाँकी २ लाख ६० हजारको लगानी गरेको १४ लाख आम्दानी गरेको उप्रतीले बताउनुभयो । उनकै पहलमा सोही स्थानका ५२ जना कृषकहरुको सहभागीतामा समुह निमार्ण गरि ब्यवसायिकरुपमा गोलभेडाको बिउ उत्दान गरेको गाँपालिकाकाले जनाएकोछ ।
गोलभेडा उत्पादनको लागि बिदेश बीउ प्रयोग गर्न बाध्य रहेका नेपाली नागरिकका लागि दोलखाको मेलुङ गाउँ पालिका १पवटी का कृषकले हाईबिड सिर्जनाजातको बीउ उत्पादन बाषिक २ करोड आम्दानी गरेकाछन ।
कृषकले उत्पादन गरेको हाईब्डि बीउ पालिकाले खरिद गरि कृषकलाई निशुल्क बाँड्ने मेलुङ गाउँपालिका प्रमुख हिराकुमार थोकर ले घोषणा गर्नु भएको छ। थोकरले भन्नु भयो नेपाल सरकारले कृषकले उत्पादन गरेको सिर्जनाजातको गोलभेडाको बीउको लेवलिङ तथा गुणस्तर मापनको ब्यवस्थापन गरि दिए पालिकाले अन्य ब्यबस्थापन गर्ने छ । यहाँ उत्पादन गरेका सम्पूर्ण बिउको बजारको जिम्मेवारी हामीले लिने छौ पालिका प्रमुख थोकले भन्नुभयो ।
आठ दस बर्ष अघि देखी सिर्जना जातको गोलभेडाको बिउ उत्पादान गर्न सुरु गरेको तर हाल आएर ओइलाउने रोगले समस्यामा पारेको पबटीका कृषक बालकृष्ण ओलीले बताउनु भयो ।
कति उचाई सम्मका बिउ उत्पादन हुन्छ । कस्तो रोग लाग्छ । देशमै बजारको अबस्था कस्तो छ भनेर थाहा पाउन आगामी बर्षबाट अगुवा किसान लाई घुमाउने समेत लैजाने पालिका प्रमुख थोकरले बताउनुभयो । ओलीले दोलखा र रामेछाप जिल्लाका समन्वय प्रमुख तथा समन्वय उप्रमुखको टोलीअनुगमन का लागी दोलखाको मेलुङ गाउँ पालिका १पवटी मा आईपुगेको समयमा गुनोसो राखेका हुन । कृषि ज्ञान केन्द्र रामेछापामो आयोजनामा अनुगमन तथा निरिक्षणमा े दोलखा र रामेछाप जिल्लाका समन्वय प्रमुख तथा समन्वय उप्रमुखका पुगेका थिए ।
सृजना नेपालमा विकास गरिएको हाईविड जात हो । यो जात मध्य पहाड, बेंसी, टारमा वर्षात् तथा गृष्म ऋतुमा प्लाष्टिक घर तथा खुल्ला खेतमा र तराईको लागि हिउँदमा लगाउन उपुक्त हून्छ । यो अग्लो हुने जात हो । राम्रो उत्पादन हुन्छ । गोलभेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो । गोलभँेडा खेती मौसमी तथा बेमौसमी दुबै किसिमबाट गर्न सकिन्छ र यो प्रायः वर्षभरी नै उपलब्ध हुन्छ । गोलभेडा खेतीका लागि पाहारिलो, पानी नजम्ने ठाउँ र मलिलो दोमट माटो उपयुक्त हुन्छ ।नेपालमा आलु पछि सबैभन्दा बढी खपत हुने तरकारीको स्थान ओगट्ने गोलभेडा एक उच्च कोटीको तरकारी हो । यसमा प्रशस्त मात्रामा भिटामिन सि पाइने भएको यसलाई गरीयको सुन्तला भनेर पनि चिनिन्छ। यो साहेक समा भिटामिन ए,बी,ई तथा न्यास्सियम पनि पाइन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *