महिलाका थैलिमा पैसा आउने सरकारका कार्यक्रममा प्रभावकारीता
दाेलखा १२ असार
महिला उद्यमी उत्पादन गर्ने उदेश्यले घरेलुु तथा साना उद्योगका कार्यालय दाेलखाकाे आयाेजना र दाेलखा उद्योग बाणिज्य संघकाे समन्वय ३ महिने सिलाई कटाई तालिम आज सम्पन्न भएको छ ।
चैत १३ गते सुरू भएकाे तालिममा ३० जना महिला दिदिबहिनी हरूकाे सहभागीता रहेकाे थियो ।
सहभागीहरूलाई दैनिक सय रूपैयाँ खाजा भत्ता प्रदान गरेकाे घरेलुु तथा साना उद्योग कार्यालय दाेलखाका कार्यालय प्रमुख मीन बहादुर थिङले बताउनुभयाे ।थिङ भन्नुहुन्छ जिल्लामा महिला उद्यमी उत्पादन गर्न एवम आर्थिकरूमा स्वालम्मी बनाउन नेपाल सरकारले परिकल्पना गरेकाे उदेश्य अनरूप कार्यालयले निरन्तर काम गरिरहेकाे छ। बेकरी तालिम ,सिलाई बुनाई,डर्कमी तालिम,गार्मेन्ट तालिम,पशुपन्छी व्यबसाय संचालन गर्न याेग्य बनाउने तालिम ,अत्याधुनिक औजार बितरण तथा प्रयाेग तालिम लगायतका सिपमुलक तालिमहरू संचालन गरेकाे कार्यक्रममा कार्यालय प्रमुक थिङले जानकारी दिनुभयाे। करिब नाै लाखकाे खर्च मा ३ महिने तालिम सम्पन्न भएको उहाँले सार्वजनिक गर्नुभएको छ।
सिलाई कटाई तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले घरेलुु तथा साना उद्योग कार्यालयले अार्थिक पार्दशिताका साथ दाेलखा जिल्लामा उदाहरणीय कार्य गरेकाे मा तारिफ गर्नुभएकाे छ। उहाँले समाज समुन्नत हुन आर्थिकरूपमा महिला सक्षम बनाए मात्र सम्भव हुने हुदा ग्रामीण भेगमा यस्ता सिपमुलक तालिमलाई अागामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनुभयो ।
तालिममा पसिना बगाए युध्दमा रगत बनाउनु पर्दैन भन्ने मुल मर्म लाई अात्मसाथ गर्दै सीप सिकेर ब्यबहारमा ल्याउन सके महिलाका थैलिमा पैसा आउने सरकारका यस्ता कार्यक्रम झन बढी प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी धमलाले प्रष्ट्पार्नुभयाे।
साेही कार्यक्रममा नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष एवम नागरिक समाज दाेलखा अध्यक्ष दिपशंकर चाैलागाईले स्थानीय सरकारले महिला , बालबालिका जेष्ठ नागरिक ,दलित ,जनजाति का नाममा छुट्टाएका बजेट उहाँको जिविकाेपार्जनमै खर्च गर्नु पर्नेमा दाेलखा मा सहिरूपमा कार्यन्वन नभकाेले अाराेप लगाउनु भएकाेछ ।चाैलागाईले पालिकाहरूले यस्तो गल्ती अामामी दिनमा नदाेहाेराउन अपिल समेत गर्नुभएकाे छ ।आफ्नाे अधिकार खाेज्न तालिममा सहभागी रहेका दिदीबहिनीहरूलाई अनुराेध चाैलागाईले गर्नुभयो ।
कार्यक्रममा दाेलखा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश पाठक,उपाध्यक्ष बिमल श्रेष्ठ ,महासचिव शुरेस उप्रेती ,घरेलुु तथा साना उद्योग महासंघकी बरिस्ठ उपाध्यक्ष पार्वती खड्का ,दाेलखा उद्योग बाणिज्य संघकी सदस्य कल्पना श्रेष्ठ ,३ महिने तालिमकी प्रशिक्षक सम्झना मगर ,सहभागी रेखा तमाङले महिला उद्यमी उत्पादन गरे सम्बृध समाज बनाउन काेशेढुङगा सावित हुने बिचार राख्नुभएकाे छ।
सहभागीलाई प्रमाणपत्र प्रदान तथा खादा लगाएर बिदाई गरिएकाे थियोे ।
Leave a Reply