दोलखा१० असार । दोलखाको भीमेश्वर नगरपालिकाले बिगतकाे बर्षमा भन्दा १७ करोड ३५ लाख ५६ हजार १ सय ३२ रुपैयाँले घटेर ८१ करोड १२ लाख रुपैयाँ बराबरको बजेट ल्याएकाे छ ।
चालु आर्थिक बर्ष २०७९/०८० मा नगरपालिकाले कुल ९८ करोड ४८ लाख ४६ हजार १ सय ३२ रुपैयाँ विनियोजन गरेको थियो ।
नगरसभामा नगर उपप्रमुख कमला बस्नेतले आज आगामी आर्थिक बर्षको लागि ८१ करोड १२ लाख ९० हजार रुपैयाँ बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ४८ करोड ६७ लाख ४० हजार र पुँजीगततर्फ ३२ करोड २० लाख ५० हजार विनियोजन गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्ष सामाजिक विकासमा ४९ करोड ४३ हजार, भौतिक पूर्बाधार विकासमा २५ करोड २७ लाख ५४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ३९ लाख ४३ हजार बजेट विनियोजन गरेको छ । विकासमा ४ करोड ६८ लाख रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ७७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षमा शिक्षामा २८ करोड ४८ लाख ९८ हजार बजेट बिनियोजन गरेको छ । यस्तै, सडक तथा पुलतर्फ १३ करोड ४४ लाख, भवन तथा सहरी विकासतर्फ १० करोड ५६ लाख ४ हजार, स्वास्थ्यतर्फ ६ करोड २९ लाख ५० हजार, कृषि क्षेत्रतर्फ २ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले रोजगार क्षेत्रतर्फ १ करोड १७ लाख, खानेपानी सरसफाई क्षेत्रका लागि ९२ लाख ५० हजार, पशु विकासतर्फ ९२ लाख, पर्यटन क्षेत्रतर्फ ३१ लाख बजेट छुट्याएको छ ।
Leave a Reply