दीपशंकर चाैलागाई
कृषिमा आयमुलक रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई कृषि पेशामा आकर्षित गर्ने, विदेशबाट फर्किएका जनशक्तिलाई स्थानीय रोजगारी र आयआर्जनको व्यवस्था मिलाउने गरि जिरी नगरपालिकाले ५३ करोड तीन लाख बराबरको बजेट ल्याएको छ ।
नगरपालिकाको बाह्रौं नगरसभामा उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ५३ करोड ३ लाख २३ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । जसअनुसार चालुतर्फ ३५ करोड ४२ लाख २३ हजार र पुँजीगततर्फ १७ करोड ६० लाख ९९ हजार रहेको छ । यो बजेट गत आर्थिक वर्षको भन्दा तीन करोड ६६ लाख रुपैंयाले कम हो । बजेट घट्दै गएको छ। चालु आर्थिक वर्ष पनि नगरपालिकाले गत आर्थिक वर्षको भन्दा पाँच करोड कम बजेट ल्याएको छ।
नगरपालिकाको नगरअधिवेशनमा आज आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गरिएको छ । नगरसभामा सभाध्यक्ष मित्र बहादुर जिरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा स्थानीय सरकार स्थापना भएपछि जिरी नगरपालिकामा सञ्चालन भएका ६० वटा महत्वपूर्ण कार्यक्रम, गतिविधि तथा उपलब्धी सार्वजनिक गर्नुभएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा ५६ करोड ६९ लाख बराबरको बजेट ल्याएको थियो । नगरपालिकाले बजेट भाषण मार्फत विनियोजित बजेटमध्ये समिक्षा अवधिसम्म चालुतर्फ २३ करोड ७९ लाख र पूँजीगततटर्फ १७ करोड ५० लाख ४५ हजार खर्च भएको जनाएको छ । चालु वर्षको अन्त्य अर्थात असार मसान्तसम्म करिब ८० प्रतिशत खर्च हुने नगरपालिकाको अनुमान छ । नगरसभामा सभाध्यक्ष मित्र बहादुर जिरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नगरसभाको जिरी अस्पतालका डा. राजु गुरुङ र जिरी नगरपालिकाका विमल कुमार दाहाल ,झुमा पाख्रिन र तुलसा–हरि स्मृति प्रष्ठिानबाट सहायक कम्प्युटर अपरेटर प्रवेश पाण्डे पुरस्कृत गरेकाे छ ।
Leave a Reply