भ्रष्टाचार नियन्त्रणका लागि सरकारले चालेको कदम नरोकिने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।भ्रष्टचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै गृहमन्त्रीले भने मसिनो ढंगले भ्रष्टाचारको छानविन र कारवाही गर्ने छौं।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाँण र टोपबहादुर रायमाझि सहित १६ जना पूर्पक्षका लागि थुनामा गएको भोलिपल्ट गृहमन्त्रीले पूर्व पहाडी जिल्ला खोलखाको चरिकोटमा यस्तो अभिव्यक्ति सार्वजनिक गरेकाछन। । गलत कमदका विरुद्ध प्रभावकारी कदम चाल्ने अभियान सुरु भएको र यसले यहीँ विश्राम नलिने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले अनियमितता, घोटाला, भ्रष्टाचार भएको थाहा पाएमा त्यस्ता व्यक्तिलाई स्वच्छ, निष्पक्ष अनुसन्धानबाट कानुनको दायरामा ल्याउने सरकारको अठोट कुनै हालतमा परिवर्तन नहुने गृहमन्त्रिले दाबि गरे ।
जिल्ला समन्वय समिति दोलखामा आज आयोजित जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरकारी निकायका कर्मचारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताए । स्थानीय सरकारका प्रमुख र निजामति कर्मचारीलाई कार्यशैली परिवर्तन गरेर जनतालाई परिणाम दिनेगरि काम गर्न स्थानीय सरकार र कर्मचारीहरुलाई निर्देशन पनि दिए ।
सोही कार्यक्रमाम स्थानीय सरकारका प्रमुख र निजामति कर्मचारीलाई कार्यशैली परिवर्तन गरेर जनतालाई परिणाम दिनेगरि काम गर्न समेत निर्देशन पनि दिएकाछन । संघीय सरकारको स्पिड बमोजिम स्थानीय सरकारले जनमैत्री काम गर्नुपर्ने र राष्ट्रसेवक कर्मचारीहरु पनि सोही अनुसार चल्न निर्देशन दिए ।
आजै ,उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राचिन सहर दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरको दर्शन र पुजा गरि दोलखा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया तथा छलफलमा समेत सम्बोधन गरेका थिए ।गृहमन्त्री जनयुद्धका सहिद रित बहादुर खड्काको २१ औं स्मृति सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा भवन निर्माण गरेको हो । ४७ लाख लागतमा साँढे दुई तलाको भवन निर्माण सम्पन्न भएको नेकपा माओवादी केन्द्रका नेता पुष्कर अधिकारीले जानकारी दिए . उनका अनुसार गत भदौबाट निर्माण सुरु भएको भवन जेठमा सम्पन्न भएको थियो ।
Leave a Reply