चरिकोटको फोहोरमैला व्यवस्थापन तथा सरसफाईमा नगरको भुमिका

 पब्लिक संवाददाता      सोमवार, जेष्ठ २९, २०८०      0

चरिकोटको फोहोरमैला व्यवस्थापन तथा सरसफाईमा नगरको भुमिका बारे मिडिया रिसर्च

रिसर्च तयार पार्ने – रातोगुराँस मिडिया प्रालि, भीमेश्वर नगरपालिका ३, दोलखा

रिसर्च पेश गरिएको निकाय -भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, दोलखा

पृष्ठभुमी

नेपाल को वागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टीकोणले प्रसिद्ध एवं रमणिय नगरपालिकाका रुपमा भीमेश्वर नगरपालिकालाई चिनिन्छ । २०१५३ सालमा तत्कालीन चरिकोट, माटी, दोलखा र मकैबारी गाविसहरु समेटेर स्थापना गरिएको यो नगरपालिकामा २०७३ सालमा पुनः साविकका सुष्पा क्षमावती, बोच र लाँकुरीडाँडा गाविसहरु थप गरी हालको भीमेश्वर नगरपालिका संघीय स्वरुपमा पुनःसंरचना एवं पुर्न गठन गरिएको हो । भीमेश्वर नगरपालिकालाई ९ ओटा वडामा विभाजन गरिएको छ। आफ्नो मुर्तीमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल अनिष्ट, र राजनितिक परिवर्तनको पूर्व सुचना दिने सहस्र अवतारको देवताका रुपमा परिचित भीमेश्वर मन्दिरको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो। नगरपालिकाको केन्द्र दोलखा जिल्लाकै सदरमुकाम चरिकोट राजधानीबाट १ सय ३३ उत्तरपूर्वमा अवस्थित छ । २० डिग्री ३६ मिनेट उत्तर देखी २७ डिग्री ४४ मिनेट उत्तरी अक्षाश सम्म र ८५ डिग्री ५८ मिनेट पूर्व देखी ८६ डिग्री ९ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको यस नगरपालिकाको क्षेत्रफल १ सय ३२ किलोमिटर रहेको छ भने पूर्व पश्चिम लम्बाई १७ किलोमिटर उत्तर दक्षिण चौडाई १० किलोमिटर सम्म रहेको छ। यस नगरपालिकाको पूर्वमा वैत्येश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला, दक्षीणमा शैलुङ गाउँपालिका पर्दछ । पहाडी प्रदेश अन्तर्गत पर्ने न्युनत्तम ८ सय ४० मिटर चर्णावती त्रिवेणीधाम क्षेत्र देखी अधिकत्तम ३५ सय ४९ मिटर ( गणेश थुम्की) सम्मको उचाईमा रहेको यस नगरपालिकाको केन्द्र चरिकोट १९ सय ७० मिटरको उचाईमा पार्छ। क्षेत्री, नेवार, तामाङ, धामी, ब्रम्हण, दलित, भुजेल लगायतका जातजाती बसोबास गर्छन् ।

भीमेश्वर नगरपालिका र नगरको केन्द्र चरिकोट दोलखा जिल्लाकै प्रवेशद्धार हो । दोलखामा ९ ओटा स्थानीय तहहरु छन् । तिनमा कालिञ्चोक भगवती, च्छोरोल्पा हिमताल, शैलुङ, जिरी लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा प्रख्यात bh{gf}+ धार्मिक पर्यटकीय स्थल छन् । तिनिहरुको प्रवेशद्धार नै चरिकोट हो । चरिकोट बजार व्यापारिक बजारका रुपमा अब्बल छ । यहाँको जनघनत्व वृद्धी सँगै कोरला व्यवस्थापन तथा काई नगरपालिकालाई चुनौती बन्दै आईरहेको छ । नगरको उक्त फोहोर मिला तथा सरसफाई कसरी गरिको छ त भनेर यो रिसर्च तयार पारिएको हो ।

 

नगरको फोहोर संकलन भईरहेका बजार केन्द्रहरु

  • चरिकोट बजार
  • दोलखा बजार
  • तामाकोशी बजार

सरसफाईका लागी सक्रिय रहेको नगरका निकायहरु

  • भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय
  • वडा कार्यालयहरु
  • टोल सुधार समितिहरु

फोहोर मैला संकलनका विधि

भीमेश्वर नगरपालिकाले नगर क्षेत्र भित्र फोहोर मैला संकलन गर्न गाडीको प्रयोग गरेको छ। नगर संग फोहोर संकलन गर्नका लागी विभिन्न स्थानमा दैनिक रुपमा गाडी पठाइने गरिन्छ । त्यसका लागी नगरले सरसफाई कर्मचारीको व्यवस्था गरेको छ। गाडीहरूले नकुहिने र नकुहिने फोहोर उठाउने दैनिक तालिकामा काम गरिरहेको छन् ।

कुहिने नकुहिने फोहोर भान्सामै छुट्याईदै

नगरले कुहिने र नकुहिने फोहोर भान्सामै छुट्याउन शुरु गरेको छ । त्यसका लागी नगरवासीलाई निशुल्क रुपमा डस्टबीन उपलब्ध गराईएको छ। फोहोर संकलन गर्ने गाडीहरुलाई समेत कुहिने र नकुहिने फोहोर उठाउने दिन तोकिएको छ। यसको तालिका नगरपालिकाले टोल टोलमा टाँस गरेको छ।

रामकोटमा प्लान्ट बन्दै

भीमेश्वर नगरपालिकाको वडा नं ६ रामकोटमा नगरको लगानीको फोहोर प्रशोधन केन्द्र निर्माण भईरहेको छ। उक्त केन्द्रमा लगिएका फोहोरहरुको प्रशोधन गर्ने उपकरणहरु खरिदका लागी नगरले काम गरिरहेको छ। यसमा प्रदेश सरकारले समेत सहयोग गरिरहेको छ।

टोल सुधार समितिहरु सक्रिय बन्दै

नगरपालिकाले सरसफाईका लागी टोल सुधार समितिहरुलाई क्रिय बनाएको छ । टोल तथा बस्ती सरसफाईका निम्ती विभिन्न अभियान चलाईएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *