दाेलखा २४ जेठ।नेपाल विद्यालय कर्मचारी परिषद दाेलखाले राज्यबाट सधै उपेक्षाकाे शिकार बनाएकाे भन्दै शिक्षा विकास तथा समन्वय ईकाई दाेलखामा धर्ना दिएकाछन।
जिल्ला भरका विद्यालय कर्मचारीहरू अहिले आन्दोलित नै छन्। दाेलखामा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा आफूहरूको मागको सम्बोधन नगरेपछि विद्यालय कर्मचारीका रूपमा कार्यरत लेखापाल र कार्यालय सहयोगीले विद्यालयका चाबी प्रधानाध्यापकहरूलाई बुझाएर आफूहरू शिक्षा विकास तथा समन्वय इकाईको मूल गेटमा पुगेर धर्नामा बसिरहेका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति दाेलखाकी उपाध्यक्ष प्रेमकमारी सुवेदी भन्नुहुन्छ जेठ २० गते नै प्रधानाध्यापकहरूलाई कर्मचारीहरूले चाबी हस्तान्तरण गरेर जेठ २१ देखि २६ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईको गेटमा धर्नामा बस्ने केन्द्रीय निर्णयअनुसार कर्मचारीहरू धर्नामा बसेका छाै।
सरकारले सरकारी विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई विभेद र न्यून वेतनमा काम गर्न बाध्य पारेको अान्दाेलनकारी मन्दिरा दहाल बताउनुभयाे।
‘२८ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरमा खाली थाल ठटाउँदै आन्दोलन गर्ने कार्यक्रम छ, २९ गतेदेखि ३ दिन अनसन बस्ने छौँ। त्यो समयसम्ममा पनि माग सम्बोधन नभए असार २ देखि अनिश्चितकालीन विद्यालय बन्द गर्छौं,’ अान्दाेलनकारी शंकर बस्नेतले भने।
सरकारले पटक पटकको आश्वासन दिएको तर कार्यान्वयन नगर्दा कर्मचारीहरू मानसिक रूपमा विक्षिप्त हुँदै गएको बस्नेतले बताए।
उहाँले भन्नु भयाे ‘विद्यालय बन्द गरेर पठनपाठन रोक्ने हाम्रो रहर होइन, हामी पनि समाजकै निम्ति काम गरिरहेका छौँ तर यो बाध्यता नै आइपर्याे।’
करिब सय जना विद्यालय कर्मचारीहरूकाे उपस्थित रहेको थियाे ।
Leave a Reply