पवित्र चर्नावती धाममा आजबाट श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु

 पब्लिक संवाददाता      आइतवार, जेष्ठ ७, २०८०      0

ईश्वर बि.क

दाेलखा ७ जेठ।

दोलखाको पवित्र चर्नावती धाममा आइतबारबाट श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ । चर्नावती धाममा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको लागि आयोजना गरिएको महायज्ञको मुख्य वाचक संस्कृतविद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराई रहनु भएकोछ।

चर्नावती त्रिवेणी विकास तथा प्रवद्र्धन सङ्घले आयोजना गरेको महायज्ञको प्रारम्भ संस्कृतविद् जगमान गुरुङले गर्नु भएको थियो । साेहि अबसरमा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन समेत गरिएकाे छ ।

महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत प्राप्त झण्डै तीन करोड रुपैयाँको लागतमा चर्नावती त्रिवेणी विकास तथा प्रवद्र्धन सङ्घले ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरेको हो । महायज्ञको समापनसँगै नयाँ आर्थिक वर्षबाट ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

आइतबार नै नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले महायज्ञ स्थल तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको अवलोकन समेत गर्नु भएको छ।

आयोजक समितिका संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न महायज्ञ प्रारम्भ कार्यक्रममा संस्कृतविद् जगमान गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, बागमती प्रदेश सांसद भरत बहादुर केसी, प्राध्यापक डाक्टर कान्ता भट्टराई, नेपाली कांग्रेस नेता ताराबहादुर कोइराला, समाजसेवी शोभित उप्रेती, नेकपा एमाले दाेलखाकाा अध्यक्ष नर श्रेष्ठ ,एमाले नेताका बालकृष्ण शिवाकोटी, मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर, शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *