राजन बस्नेत
दाेलखा ७ जेठ।
जिल्ला आयुर्वेद दोलखाको आयोजना शैलुङ गा.पा.-८, भैंसेमा संचालन गरिएको निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविरमा ३५३ सर्वसाधारण नागरिक ले स्वास्थ सेवा लिएकाछन ।
शैलुङ गाउँपालिकाको अध्यक्ष रिमाल बाबु श्रेष्ठ, उपाध्यक्ष पार्वती कार्की थापा, वडा नं. ८ का वडा अध्यक्षधनबहादुर तमाङ लगायतको समुपस्थितिमा उद्धाटन गरिएको शिविरमा ३५३जनाले आयुर्वेद चिकित्सा सेवा – कार्यालय प्रमुख डाक्टर मनाेज चाैधरीलेबताउनु भयाे ।डाक्टर चाैधरी भन्नुहुन्छ २०५ जनाले
ल्याव सेवा ,७९ जनाले एकांग स्नेहन, १३३ जनाले स्वेदन -सेवा,
स्वस्थ जीवन परामर्श सेवा लिएकाछन । शिविरमा निशुल्क औषधि पनि सबै जनालाई दिईएको थियो अायुर्बेद कार्यालयकी अधिकृत अर्चना झाले बताउनुभयो ।
स्थानीय व्यवस्थापनमा सम्पूर्ण जिम्मेवारि वहन गर्नु हुने शैलुङ गा.पा. स्वास्थ्य संयोजक विष्णु कार्की लगायत
शिविरमा सहभागि भई कार्यक्रमलाई सफल गर्ने हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सम्पूर्ण कर्मचारीहरु, आयुर्वेद औषधालयहरु तथा नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारीहरुलाई अाैपचारिकरूपमा कार्यालयकाे तर्फबाट डाक्टर चाैधरीले धन्यवाददिनुका साथै कामकाे तारिफ गर्नुभएको छ ।
दोलखामा सदरमुकाम चरिकोटमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मेलुङ गाँउपालिकाको भेड्पु र कालिञ्चोक गाँउपालिकाको लापिलाङमा रहेको आयुर्वेद औषधालय तथा तामाकोशी, विगु, शैलुङ र गौरीशङ्कर गाँउपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्र मार्फत आयुर्वेदीक उपचार सेवा प्रदान भै रहेको डा. चौधरीले बताउनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्रहरु बाट बिभिन्न २३ थरीका आयुर्वेद औषधिहरु निशुल्क वितरण भै रहेको र अन्य केही सेवा भने न्युन शुल्कमा उपलब्ध गराईएको डा. चौधरीको भनाई छ
Leave a Reply