दीपशंकर चाैलागाई/दाेलखा २२ बैशाख।शान्तिका अग्रदुतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती अवसरमा भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको दाेलखाकाे बैत्यश्वर ६ काे नामषालिङ गुम्बामा पूजा, आराधना एवं प्रवचन गरी मनाईएकाेछ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गरेकाे प्रमुख लामा गुरु याङदाेर्जे लामाले बताउनु भयाे।‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै पवित्र धार्मिक स्थल नाम्दुकाे नामषालिङ गुम्बामा मनाएकाे लामा गुरूले जानकारी दिनुभयो ।गुम्वाका अध्यक्ष धनबहादुर गाेले भन्नुहुन्छ बर्षमा तिनपटक याे गुम्बा धुमधामका साथ सयाै लामाहरूकाे उपस्थिति पुजापाठ र मेला नै लाग्ने गरेकाे छ । गुम्वामा लामाले दैनिक पुजापाठ गर्ने गरेकाे र यसकाे खर्च अाफु र केही वडाले दिने गरेकाे अध्यक्ष गाेले बताउनुभयाे ।
नामषालिङ गुम्बा नामकरण सहित निमार्ण गर्न सरकारी बजेट,वडा कार्यालयकाे बजेट र केही दानविरहरूकाे अार्थिक सहयाेग,मूर्ति दिई पुण्य कार्य गरेकाे गुम्बाका पुर्व अध्यक्ष एवम बैत्यश्वर गाउँ पालिकाका ६ का पूर्व वडा अध्यक्ष शमशेर घिसिङले बताउनुभयाे ।
गुम्वा अघिकाे पिपलकाे रूखको फेदमा शान्ति दुत भगवान बुद्धकाे मुर्ति स्थापना गर्नु पर्ने अावश्यकतारहेकाेले दाेलखाका नाम्दुवासीले मनविर,दानविरहरू संग सहयोगकाे अपेक्षा गरेकाछन ।
Leave a Reply