न्यायलयले पार्टीको नेता समेत तोकि दिनु पर्ने बाध्यात्मक अबस्थामा रहेको सर्वोच्च अदालतका कायम मुकायम (कामु) प्रधान न्यायधिश हरिकृष्ण कार्कीकाे भनाइ

 पब्लिक संवाददाता      शुक्रबार, बैशाख ८, २०८०      0

दीपशंकर चौलागाई
दोलखा ८ बैशाख । सर्वोच्च अदालतका कायम मुकायम (कामु) प्रधान न्यायधिश हरिकृष्ण कार्कीले नागरिक अधिकारहरुको संरक्षण गर्ने दायित्व मात्र नभएर न्यायलयले फलानो पार्टीको नेता समेत तोकि दिनु पर्ने बाध्यात्मक अबस्था आईरहेको बताउनु भयो ।
दोलखा सदरमुकाम चरिकोटमा नेपाल बार एशोसिएसन दोलखा ईकाईको नव निर्मित भवनको उद्घाटन गर्दै कामु प्रधान न्याधिस कार्कीले भन्नु भयो प्रदेश– प्रदेश बिचको विवाद, प्रदेश र स्थानियतहको बिचको विवाद,स्थानिय–स्थानिय तह बिचको विवाद र्ला समेत सल्टाउने जिम्मेवारी दिएको छ ,यस्ता विवादका बिच काम गर्दा विवादित हुनु पर्ने बिध्वान समस्या रहेको छ ।

कार्कीले निष्पक्ष न्यायको लागि कानुन व्यवसायीहरुको आचरण महत्वपूर्ण हुने बताउनु भएको छ । कार्कीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकार र कानुन व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुहुदै कानुनी राज्य र पीडितलाई निष्पक्ष न्याय दिलाउने कुरामा समेत पत्रकार र कानुन व्यवसायीहरुले भूमिका खेल्नुपर्ने बताउनु भयो ।दोलखा बारका अध्यक्ष कृष्ण बहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारको महान्यायधिवक्ता डा. दिनमणी पोखरेल, नेपाल बार एशोसिएसनका केन्द्रीय अध्यक्ष बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, बागमति प्रदेश सभा सदस्य भरत बहादुर केसी, बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, पूर्व महान्ययधिवक्ता मुक्ति प्रधान, बरिष्ठ अधिवक्ता लक्ष्मी उप्रेती, बार काउन्सिलका सदस्य चन्द्रकान्त ज्ञवाली, सर्वोच्च बारका अध्यक्ष हरिशङ्कर निरौला, बरिष्ठ अधिवक्ता मेघनाथ पोखरेल, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कुलबहादुर बुढाथोकी, नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भिम दहाल, दोलखा बारका पूर्व अध्यक्ष सरोज उप्रेती, सचिव राजेन्द्र नारायण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
झण्डै कराेड लागतमा निर्माण सम्पन्न भएको दुईतले भवन निर्माणको लागि बागमति प्रदेश सरकारको ३० लाख, दोलखाको तामाकोसी, बैतेश्वर, कालिञ्चोक र मेलुङ गाँउपालिका तथा बिभिन्न संघ संस्था र व्यक्तिले सहयोग गरेको दोलखा बारका अध्यक्ष कृष्ण बहादुर वस्नेतले जानकारी दिनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *