क्याम्पस सभाकाे उद्घाटन गरे शैक्षिक उन्नयनका दुई चम्किला ताराले

 पब्लिक संवाददाता      शनिबार, फाल्गुन २०, २०७९      0

ईश्वर बि.क

दाेलखा २० फागुन। दोलखा जिल्ला, बैतेश्वर गाउँपालिका वडा नं. ६ नाम्दुमा अवस्थित त्रिपुरा क्याम्पस पाँचौं क्याम्पस सभामा अाज सम्पन्न भएकाे छ। संघिय माननीय गंगाबहादुर कार्की (विश्व)काे प्रमुख अातिथ्यता र प्रदेश माननीय कुन्दनराज काफ्लेकाे विशेष आतिथ्यतामा क्याम्पस सभामा सम्पन्न भएकाे हाे ।
शैक्षिक उन्नयनमा चम्किला ताराका रूपमा हेरिएका दाेलखाका यी दुई माननियलाई सभाले सम्मान तथा अभिन्दन समेत गरेकाे छ ।

सभालाई सम्बाेधन गर्दै माननीय विश्वले अार्थिक रूपमा अहिले देशकाे अर्थतन्त्र खस्किएकोले यसलाई मजबुत बनाउन बर्तमान सरकारलाई चुनाैति भएकाे बताउनुभयो ।२०७२ सालमा भएकाे बिनासकारि भुकम्प मा करिव नागरिकका निजि छ लाख भन्दा बढि घर निमार्णमा सरकारकाे लगानी ,काेभिटले बनाएकाे अार्थिक तहसनहसका कारण मुलक अार्थिक दलदलमा डुबेका कारण उतार्न चुनाैती भएकाे माननीय बिश्वले प्रष्ट पार्नु भयाे।यसका लागि राष्ट्रिय एकता अहिलेकाे अपरिहारय भएकाे छ उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालय,क्याम्पहरूमा किन विद्यार्थी न्युन ? किन निजिमा बढ्दाे अार्कशण ? अब जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई ,पालिका शिक्षा प्रमुख ,शिक्षक,अभिभावक बसेर निकृष निकालि कार्यन्वयन गर्न ढिला भईसकेकाे माननीय विश्वले जिकिर गर्नु भयाे ।

त्यसै गरि प्रदेश माननीय कुन्दन राज काफ्लेले सुरू सुरुमा पब्लिक क्याम्पसहरू संचालनमा अपठ्याराे अाउछन तर यसलाई सुधार्न बिद्यार्थी र शिक्षककाे महत्त्वपूर्ण भुमिका हुन्छ तर विद्यार्थी नै छैन भन्नू शैक्षिक तर्कमा दम नभएकाे ठाेकुवा गर्नु भयाे ।बरू बिद्यार्थीकाे अार्कषणकाे थलाे बनाउन अहिलेकाे समयले मागेकाे प्राबिधिक शिक्षा संचालन गर्न अाँट गर्नुस त्यसको लागि जस्तोसुकै सहयोग पूरा न अाफु तत्पर रहेकाे अाश्वसन दिनुभयाे ।

क्याम्पस सभालाई सम्बाेधन गर्दै पालिका उप प्रमुख कल्पना उप्रेतीले शैक्षिक विकासमा संघ र प्रदेशका माननियहरूलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।बैत्यश्वर ६ का नागरिक पानीकाे समस्या बाट युगाै देखि गुजि्रिरहेकाेले सहयोग गर्न माननीय ज्युहरूलाइ उहाँ अपिल समेत गर्नुभयाे ।
वैतेश्वर मा. वि. लगायत यो भौगोलिक क्षेत्र वरपरका अन्य मा. वि. बाट ११/१२ कक्षा उर्तिण गरेका निम्न वर्ग गरीब समुदाय र छोरी मान्छे जो बिहान उठेर अन्यत्र क्याम्पस भएको ठाउँमा पठन पाठन गर्नका लागि जान नसक्ने वर्गका लागि त्रिपुरा क्याम्पस वरदान साबित भएको बताउदै क्याम्प ब्यबस्थापन समितिका अध्यक्ष राजु उप्रेतीले बताउनुहुदैभन्नु भयाे केही समय यताबाट नियमित पढ्न अाउने संख्यामा कमि अाएकाे छ,युगले मागेकाे शिक्षा दिन हामी तयार छाै छिटै सुधार अाउनेमा अाफु बिश्वासत गरेकाे छु ।
उप्रेतीले ले भन्नु भयाे स्थापना काल देखि हाल सम्म आइपुग्दा क्याम्पस क्षेत्रका धेरै विद्यार्थीहरुले उच्च शिक्षा आफ्नो घर आगनमै प्राप्त गर्ने अवसर पाउनु गौरवको विषय हो । क्याम्पस नयाँ व्यवस्थापनका साथै शैक्षिक, भौतिक र आर्थिक रुपमा अगाडि बढाउने उप्रेतीको दाबि थियाे ।

स्थापना भए देखि यस क्याम्पसको भौतिक विकास तथा शैक्षिक विकासमा क्याम्पस व्यवस्थापन समिति, त्रिभुवन विश्वविद्यालय, जनप्रतिनिधि, विश्वविद्यालय अनुदान आयोग, क्याम्पसका अध्यापक, कर्मचारी र सम्पूर्ण सरोकारवालाहरूको क्याम्पस प्रमुख रमेश घिमिरेले धन्यवाद दिनुभयो । उहाँले स्थापना गर्ने क्रममा नाम्दू बसी स्थानीय बुद्धिजीवी, शिक्षा प्रेमी, नागरीक समुदाय, राजनितिक दलका प्रतिनिधि, जग्गा दाता, चन्दा दाता सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सभालाई शैक्षिक व्यक्तित्व रविचन्द्र अार्यय ,मिनकुमार शिवाकोटी ,धुब्र अाचार्य,कमल दहाल, गिताकृष्ण शर्मा,बलराम घिमिरे ,नेपाली कांग्रेसका नेता तारा खड्का लगायतले सम्बाेधन गर्नुभएकाे छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *