
दोलखा१९, फागुन । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले संघीयता, समावेशी, धर्मनिरपेक्षता र गणतन्त्र सहितको नयाँ प्रकारको लोकतन्त्रलाई अपहरण गर्ने र कमजोर पार्ने काम भै रहेको दावी गरे ।
दोलखा महोत्सव २०७९ को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अहिले लोकतन्त्रको अपहरण हुन लागेकोले त्यसको रक्षा अहिलेको प्रमुख काम रहेको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले भने, अहिलेको मुख्य मुद्दा भनेको राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम बनाएर सामाजिक आर्थिक क्षेत्र विस्तार तथा सामाजिक आर्थिक रुपान्तरण गर्नुरहेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले अहिले अर्थतन्त्रको अवस्था उत्साहजनक नरहेको उल्लेख गर्दै सबै सङ्कल्पबद्ध भएर अर्थतन्त्रको गति बढाउन लाग्नुपर्ने आवश्यकता औँल्याकाछन । सुशासन विना विकासमा फड्को मार्न सकिन्न भन्ने कुरामा सरकार दृढ रहेको स्पष्ट पार्दै उहाँले भ्रष्टाचार माथि प्रभावकारी नियन्त्रण तथा भ्रष्टाचारीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध गरे । श्रेष्ठले भ्रष्टचारको अन्त्य गरि देशमा शुसासन स्थापित गर्ने बर्तमान सरकारले मुख्य लक्ष्य रहेको बताए ।
मन्त्रालयका सचिवहरु संग बैठक गरि प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने काम, दुई महिनामा गर्नै काम ,छ महिनामा गर्ने कामको पूर्व तयार पेश गरि,सम्पन्न पछि प्रगति देखाउन प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्ड निर्देशन दिएको उपप्रधान मन्त्रि श्रेष्ठले बताए ।
श्रेष्ठले बर्तमान सरकारले भ्रष्टचारको अन्त्य गरि देशमा शुसासन स्थापित गर्न मन्त्रालयका सचिव देखी स्थानिय स्तरका कर्मचारीहरुलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको प्रष्ट पारे ।
आर्थिक सङ्कटले गिजोलिएको व्यवसायलाई थोरै भएपनि लयमा फर्काउन यो महोत्सव फलदायी हुनेमा विश्वास व्यक्त गर्दै महोत्सवले पर्यटकीय स्थलको प्रवद्धन गर्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रको स्वाधिनताको लागी राष्ट्रिय एकता बनाउने, संबिद्यानको रक्षा गर्ने , शान्ति प्रकृयाका बाँकी काम पुरा गरि परिबर्तनलाई बिस्तार गरेर समाजिक आर्थिक विकासमा परिणत गराउन बर्तमान सरकार लागी पर्ने उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायत मन्त्रि श्रेष्ठ बताए ।
संघीय प्रतिनिधिसभा सदस्य गंगा कार्कीले आर्थिक रुपमा धरासायी भएको दोलखामा महोत्सवले थोरै भए पनि सिञि्चत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, दोलखामा सबैथोक छ भनेर मात्रै हुँदैन, भएको स्रोत साधनलाई सदुपयोग गरी विकास गर्ने योजना बनाउनुपर्छ ।
संघीय प्रतिनिधिसभा सदस्य सोविता गौतमले दोलखा प्राकृतिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक स्रोत साधनले धनी भएकोले त्यसको सदुपयोग गरी आर्थिक विकास गर्न सकिने बताउनुभयो । उहाँले दोलखा आउने सवारी साधनहरुलाई बाहिर जाँदा खाली पठाउनु नहुने र जिल्लामा उत्पादन बढाउनुपर्ने बताए ।
कोभडि पछि व्यापार व्यवसाय अझै लयमा नआएको र व्यापार व्यवसाय लयमा फर्काई आर्थी चहपहल बढाउन महोत्सव गरिरहेको चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष बिक्ष्णु श्रेष्ठले जानकारी दिए।
२०७६ सालयता कोरोना महामारीका कारण व्यापार व्यवसाय अझै लयमा नआएको र खस्कँदो स्थतिलिाई लयमा फर्काइ आर्थकि चहलपहल बढाउने उद्देश्यले महोत्सव आयोजना गरएिको चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।
महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफल सुरु गरिएको छ । महोत्सवमा अपर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर गर्ने, जिल्लास्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता हुने, पञ्चेबाजा तथा खैंजडी प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएका छन । महोत्सवमा जिल्ला जिल्लाका विभिन्न उत्पादनहरुको स्टलहरु राखिएका छन् भने विभिन्न मनोरञ्चनात्मक कार्यक्रमहरु समेत राखिएका छन् ।
दोलखा चेम्बर अफ कर्मशका अध्यक्ष बिष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्का, दोलखा २ का प्रदेश सांसद भरतबहादुर केसी, प्रदेशका अर्का सांसद् मोनिका श्रेष्ठ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
Leave a Reply