नेपाल थामी समाज, जिल्ला कार्य समिति, दोलखा र नेपाल थामी बिद्यार्थी समाज, दोलखाको संयुक्त अयोजनामा कालिञ्चोक ९ कटुवाचौरका अग्नि पिडितहरू अार्थिक सहयाेग गरेकनछन ।
२०७२ माघ १८ गते राति करिब १०:३० बजेको समयमा अागलागीबाट ध्वस्त शुन्दर बजारमा ९ घर र ९ वटै पसल जल्दा करोडौंको क्षति भएको थियो।
मनबिर,दानविर नेपाल थामी समाज जिल्ला कार्य समिति दोलखाका र नेपाल थामी बिद्यार्थी समाजको संयुक्त अयोजनामा अग्नि पिडितहरुलाई सहयोग स्वरुप एक लाख उन्तिस हजार चार सय पञ्चानव्वे रुपैयाँ सहयोग गरेकाछन ।
वडाध्यक्ष राम प्रसाद मैनालीकाे रोहबरमा वडाको कार्यबिधि अनुरुप वितरणका लागि सहयोग रकम हस्तान्तरण गरिएकाे
नेपाल थामी समाज, जिल्ला कार्य समिति दोलखाका बरिस्ठ उपाध्यक्ष बसन्त थामीले बताउनुभयो ।युवा समाज सेवि नेपाल थामी समाज जिल्ला कार्य समिति दोलखाका बरिस्ठ उपाध्यक्ष थामीले सहयोग गर्नुहुने देश तथा बिदेशमा रहनुहुने विभिन्न पेशा तथा व्यवसाय गरि बस्नु भएका सबै सहयोगी महामानवहरुलाई समेत अाभार ब्यक्त गर्नु भयाे ।
थामीले प्रकाश थामी, सुमन थामी, रामकृष्ण थामी र सदिन्ता थामी, खड्क बहादुर थामी लगायत कार्यसमितिमा रहि अभियान सफल पार्न खट्नुहुने सबैलाई नेपाल थामी समाज जिल्ला कार्य समिति दोलखाले धन्यवाद प्रदान गरेकाे छ ।
Leave a Reply