प्रथम अध्यक्ष कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल खेल दाेलखाकाे मिर्गेमा सुरु

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन १५, २०७९      0

दाेलखा १५ फागुन।जिल्लाको बैतेश्वर गाउँपालिकाको आयोजना सोमबारदेखि प्रथम अध्यक्ष कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल खेल बैतेश्वर-३ मिर्गेमा सुरु भएको छ्।बैतेश्वर गाउँपालिका खेलकुद बिकास समितिका संयोजक भाइराम बुढाथोकीको अध्यक्षयता सुरु भएको प्रथम अध्यक्ष कपको उद्घाटन बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा र कालिन्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गरेका थिए।अध्यक्ष कप खेलको उद्घाटन गर्दै बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले बैतेश्वर गाउँपालिकालाई खेलकुद क्षेत्रमा विकास गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेर देशभर बैतेश्वरलाई चिनाउने उदेश्यले बैतेश्वर गाउँपालिकाले यस वर्ष देखी अध्यक्ष कप खेल सुरु गरेको बताए।अध्यक्ष लामाले दोलखाका ७ स्थानीय तहबाट सहभागी बनेका खेलाडीहरुलाई अनुशासनमा रहेर खेल खेल्न शुभकामना दिए।कार्यक्रममा कालिञ्चाेक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले बैतेश्वर गाउँपालिकाले यस वर्ष देखी सुरु गरेको अध्यक्ष कप भलिबल खेल सफलताको शुभकामना दिदै देश बिकासमा खेलाडीको भुमिका महत्त्वपूर्ण रहेकोे भन्दै खेल क्षेत्रको बिकास भए मात्रै देशको बिकास हुने उल्लेख गरे।कार्यक्रममा बैतेश्वर गाउँपालिका प्रमुख इन्जिनियर युधिष्ठीर केसीले उद्घाटन खेलमा उपस्थित खेलाडीहरुलाइ स्वागत मन्तव्य राख्दै स्वागत गरेका थिए।बुधबारसम्म चल्ने अध्यक्ष कपमा लिग चरणका सबै खेल सोमबार नै सकिएको खेलकुद विकास समिति बैतेश्वरका संयोजक भाइराम बुढाथोकीले जानकारी दिए। बैतेश्वर गाउँपालिका खेलकुद बिकास समितिको आयोजना तथा मिर्गेको व्यवस्थापन बुधबारसम्म चल्ने प्रथम अध्यक्ष कपको प्रथम उपाधी १ लाख ४० हजार रहेको छभने,दोस्रो १ लाख,तेस्रो ६७ हजार र सान्त्वना उपाधी २७ हजार रहेको बैतेश्वर गाउँपालिका खेलकुद बिकास समितिका सदस्य किरण तामाङले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *