
नवाैं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिगु गाउँ पालिकाले १० स्वर्ण, ५ रजत र १ कास्य सहित कुल १६ पदक प्राप्त गर्दै प्रथम हुँदै रनिङ शिल्ड हात पारेको छ ।
याे जित निकाल्न कडा मिहिनेतका साथ लागि पर्ने बिगु गाउँ पालिकाका विभिन्न विद्यालयका खेलाडी भाइबहिनी, प्रशिक्षक र व्यवस्थापनमा जुट्नु हुने सम्पूर्ण महानुभावलाई बिगु गाउँ पालिकाका अध्यक्ष सन्जिव अाेलिले अाभार ब्यक्त गर्नु भएको छ।
खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व भएको अाेलिले बताउनुभयो विद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने ।
जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटिको अध्यक्षतामा भएको समापन समारोहमा जिल्ला समन्वय समिति दोलखामा प्रमुख बर्जुराम घतानी, भिमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धर,जिरि नगरपालिका मेयर मित्र जिरेल,कालिञ्चाेक गाउँपालिका प्रमुख अर्जुन शिवाकोटी ,शैलुङ गाउँ पालिका प्रमुख रिमाल बाबु श्रेष्ठ ,गाैरिशंकर गाउँ पालिका प्रमुख विश्वास कार्की , भिमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत प्रमुख जिल्ला अधिकारी शेखर पाैडेल,मेलुङगाउँ पालिका उप प्रमुख गायात्री अाचार्य ,तारादल गणका गणपति सञ्जिव सिं सिजापति, नेपाल प्रहरी दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्का,सशस्त्र प्रहरीका डिएसपी सुरज कार्की नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाई र विभिन्न पार्टिका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को उद्देश्य खेलकुदको माध्यमबाट स्वास्थ्य, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्न, राष्ट्रिय एकता प्रवर्द्धन तथा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न, खेलकुदको क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न तथा खेलकुद विकास, विस्तार र प्रवर्द्धन गरि खेलकुदको संचालन तथा व्यवस्थापन जिम्मेवारी जिल्ला खेलकुद विकास समिति दोलखाले पूरा गरेकाे छ।
रनिङ सिल्ड प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरि ९ ओटा स्थानिय तहहरुको सहभागिता रहेको थियोे ।
Leave a Reply