![](https://publicpati.com/wp-content/uploads/2023/02/IMG_20230217_060022.jpg)
दाेलखा ४ फागुन ।डिपिआर तयार गर्न सरकारले बजेट छुट्टाए पनि जग्गाको ब्यबस्थापन गर्न नसक्दा अन्तरंग सेवा सहितको कम्तिमा ५० शैयाको जिल्ला आयुर्वेद अस्पताल निर्माणमा नहुने भएकाे छ।
स्थानीय सरकारलाई सदरमुकाम चरिकोटकाे अासपासमा जग्गा उपलब्ध गराई दिन कार्यालयका तर्फबाट पहल गरि रहेकाे र थप पहल गरि दिन जिल्ला आयुर्वेद कार्यालय दाेलखाले स्थानिय प्रशासन , नागरिकसमाज र संचारकर्मीहरूबिच एक अन्तरकृया कार्यक्रम राख्दै अपिल गरेकाे छ । डाक्टर चाैधरीले भने न्यूनतम १२ रोपनी जग्गा प्राप्ति भएको खण्डमा अन्तरंग सेवा सहितको कम्तिमा ५० शैयाको जिल्ला आयुर्वेद अस्पताल निर्माण गर्न सकिने छ ।
अकुपञ्चर सेवा कम्तिमा ५० शैयाको अस्पताल बनाउन लागि सरकार बजेट दिन तयार छ तर जग्गा छैन जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डाक्टर मनाेज चाैधरीले भने ।उनले भने डिपिअार तयार गर्न बजेट अाएकाे छ ,जग्गा छैन फिर्ता गर्नु पर्ने अबस्था अाएकाे हाे ।
दाेलखाका प्रमुख जिल्ला अधिकारी शेखर पाैड्यालले स्थानीय सरकारका प्रतिनिधि ,राजनैतिक दलका र सराेकारवाला नागरिक संग समन्वय गरिद
अन्तरंग सेवा सहितको कम्तिमा ५० शैयाको जिल्ला आयुर्वेद अस्पताल निमार्णका लागि जग्गा उपलब्ध गराउन पहल गर्न बताएकाछन । पाैड्याल भन्छन नेपालको सन्दर्भमा, ८०% भन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आयुर्वेद प्रणाली एवं जडीबुटी उपचारबाट लाभान्वित हुन्छन् त्यसै दाेलखा अन्तरंग सेवा सहितको जिल्ला आयुर्वेद अस्पताल अावश्यक छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चरिकोट, लापिलाङ आयुर्वेद औषधालय कालिन्चोक गाउँपालिका, भेडपु आयुर्वेद औषधालय मेलुङ गाउँपालिका,र तमाकोशी गाउँपालिका
विगु गाउँपालिका,शैलुङ गाउँपालिका,गौरीशंकर गाउँपालिका मा नागरिक आरोग्य सेवा केन्द्रहरु रहेकाछन।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी,नागरिक आरोग्य अभियानको मुल नारा भएकाे डाक्टर सुकृती ढुङगानाले बताईन” प्रत्येक व्यक्तिलाई आ-आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैलाई लिन सचेत गराउनु नै यो अभियानको सार हो ।”ढुङ्गाना भन्छिन यस अभियान अन्तर्गत सामुहिक योग अभ्यास, वातावरण सरसफाई, स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धी कार्यक्रमहरु, विद्यालय आयुर्वेद तथा योग शिक्षा आदि कार्यक्रमहरु संचालन गरिन्छन् ।
सेवाग्राहीलाई आवश्यक सेवाहरु सुलभ रुपमा उपलब्ध छन् तर ती सेवाहरुका बारेमा सेवाग्राहीलाई जानकारी नभएकाले सेवाबाट बञ्चित नहुन भन्ने उदेश्यले पत्रकारहरू संग अन्तक्रिर्या राख्दै दुर-दराजका नागरिक सम्म सुचना पुराउन महासंघको समन्वय मा कार्यक्रम गरेकाे
जिल्ला आयुर्वेद कार्यालयकी अधिकृत अर्चना झाले प्रष्ट पारिन । राष्ट्रको चौथो अंग, समाजको ऐना र सुचनाको संवाहक पत्रकार भएकोले सेवाहरुलाई थप प्रभावकारी बनाउन पत्रकार महासंघ संग सहकार्य गर्न जिल्ला आयुर्वेद कार्यालय तयार रहेकने झा ले बताईन।
आयुर्वेदीय चिकित्सा विधि एक सर्वांगीण चिकित्सा विधि हो,,यसबाट शारीरिक एवं मानसिक दुवै अवस्थामा सुधार हुन्छ कार्यक्रमका सहभागी संचारकर्मीहरूलाई स्वागत गर्दै
जिल्ला आयुर्वेद कार्यालयका अर्को अधिकृत हरिनारायण यादवले भने बागमती प्रदेशमा , ८ लाख २५ हजार जनताको माझमा १ प्रदेश स्तरीय आयुर्वेद स्वास्थ्य संस्था,करिव १ लाख ९ हजार जनताको माझमा १ आयुर्वेद औषधालय ,करिव १ लाख ३८ हजार जनताको माझमा १ नागरीक आरोग्य सेवा केन्द्रले आयुर्वेद स्वास्थ सेवा दिएकाे छ ।
अन्तरक्रिया कार्यक्रममा दाेलखाका ३० जना संचारकर्मीकाे सहभागीता रहेकाे थियाे।
Leave a Reply