राजन बस्नेत
दोलखा,३ फागुन।जिल्लाको बैतेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को साउन देखी माघ महिनासम्म सम्पादन गरेका समग्र विकास निर्माण र सेवा प्रवाहका सम्बन्धमा बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ्।गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयता सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो।सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु,प्रविधि र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको बैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली र पालिका प्रशासन प्रमुख रबिन्द्र चौलागाईंले सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए।
त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख वक्ताको रूपमा रहेका बैतेश्वर गाउँपालिका अध्यक्ष छबी लामाले बैतेश्वर गाउँपालिकाले चालु वर्षको ७ महिनामा सम्पादन गरेका समग्र विकास निर्माण तथा सेवा प्रवाहका बारेमा जानकारी दिन र समृद्ध बैतेश्वर निर्माण गर्न जनताका रायसुझाव आवस्यक परेकाले गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमआयोजना गरेको बताए।
उक्त कार्यक्रममा दोलखा जिल्लाका दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेकोे थियो।सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले उठाएका प्रश्नको पालिका अध्यक्ष छबि लामा,उपाध्यक्ष कल्पना उप्रेती,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली,वडा १ देखी ८ सम्मका वडा अध्यक्षहरु भिम बहादुर तामाङ,श्यामकुमार घिसिङ,कमल अधिकारी,कुमार चौलागाईं,भुवन घिमिरे,अशोक तामाङ,मिनकुमार शिवाकोटी र शान्त जिरेलले जवाफ दिएका थिए।त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा,पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई,प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्केले बैतेश्वर गाउँपालिकालाई विकास नमुना गाउँपालिका निर्माण गर्न सुझाव दिदै मन्तव्य व्यक्त गरेका थिए। उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि पालिका वासीहरुले वाटोघाटो , विधुत, खानेपानी,भवन निर्माण,कृषि अनुदान वितरण,सडक निर्माण लगायतका विषयमा सार्वजनिक सुनुवाइमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए।कार्यक्रम सक्रिय पत्रकारहरु नवराज शिवाकोटी,गोकर्ण प्रसाद भण्डारी,श्याम प्रसाद खतिवडा,सुजन काफ्ले,बुना घिमिरे,डम्बर चौलागाई,उपेन्द्र सुवेदी लगायतको उपस्थिति रहेकोे थियो।त्यस्तै विभिन्न राजनैतिक दलका प्रतिनिधि,नागरिक समाजका अगुवा,शिक्षक,बुद्धिजीवी,स्थानीय सर्वसाधारण लगायतको सहभागिता रहेको थियोे।सार्वजनिक सुनुवाइ कार्यक्रम बैतेश्वर गाउँपालिका भित्रका विभिन्न शाखाले चालु वर्षको ७ महिना भित्र सम्पन्न गरेका योजना तथा सेवा र बजेटको बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो।यसैबीच बैतेश्वर गाउँपालिकाले आजै पालिकाको १२औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न गरेको छ।पालिका अध्यक्ष छबि लामाको अध्यक्षयता १२औँ गाउँसभाको उद्घाटन गरिएको थियो।सभामा पालिका उपाध्यक्ष कल्पना उप्रेतीले करिब साढे चार करोड बराबरको संसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
Leave a Reply