धुमधामका साथ मनायाे नेकपा माओवादी केन्द्रले दाेलखाका नाै वटै पालिकामा २८ औ जनयुद्ध दिवस

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन १, २०७९      0

 

राजन बस्नेत
पब्लिक न्युज

दोलखा १ फागुन। माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको दिनलाई आज दाेलखाका नाै वटै पालिकाले जनयुद्ध दिवसको धुमधाम मनाएकाछन ।आज साँझ जनयुद्ध र परिवर्तनकामी सहिदहरुको सम्झनामा सदरमुकाम चरिकोटमा दिप प्रज्वलन कार्यक्रम गरेकाे छ।

शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरेपनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस अाैपचारिकरूपमा मनाएकाे छ । जनयुद्धको २८ औं वार्षिक उत्सवका रुपमा सरकारले आज सार्वजनिक विदा दिई अाैपचारिकता दिएकाे हाे।

माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागिएको हो । जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दावि छ । दिवसको अवसरमा प्रदेश सरकारहरुले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् । बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका बेला केन्द्र सरकारले पनि सार्वजनिक विदाको निर्णय लिएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्काले भिमेश्वर नगरपालिका कमिटीले अायाेजना गरेकाे जनयुद्धको २८ औं वार्षिक उत्सवका समारोहलाई सम्बाेधन गर्दै मुलुकमा भएका विभिन्न अादाेलनमा शहादत प्राप्त शहिदहरूलाई विभेद नगरि राष्ट्रिय सहिद घाेषणा गरि बर्तमान प्रधान मन्त्रीलाई राष्ट्रिय पार्क निमाणस्थलमा ल्याएर अपिल गरेकाे छु।पुर्व मन्त्री खड्काले भन्नू भयाे केही कमि कमजाेरिका कारण तेस्रो शक्ति बने पनि अागामिदिनमा माअाेवादी पहिलाे पार्टी बन्ने छ ।बिगतका कमजाेरीलाई अात्म साथ गरि शहिदकाे सपना पूरा गराउन माअाेवादी नेता तथा कार्यकर्ता अनवरत रूपमा लाग्ने छाै खड्काले भन्नुभयो ।

वि.सं २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ती सम्झौतामा रुपान्तरण भएको थियो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।
परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तीहरुको सम्मानमा सरकारले सावर्जनिक विदा दिएको बताउदै दाेलखा प्रमुख जिल्ला अधिकारी शेखर पाैडेलले २८ अाै जनयुद्ध दिवस अबसर दाेलखावासीलाई शुभकामना दिनु भएकाेछ ।
देशमा राजनीति परिवर्तन भयाे तर नागरिकको जीवन स्तरमा सुधार अाउन नसकेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले बताउनु भयाे।
जनयुद्धको जगमा नेपालमा राजनितिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनका बलमा नै स्थापित भएकाे कार्यक्रमका अध्यक्ष एवम नेकपा माअाेवदी भिमेश्वर नगरका ईन्चार्ज तारानथ चाैलागाईले बताउनुभयाे ।
कार्यक्रममा भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर , नेकपा माअाेवादी केन्द्र दाेलखाका अध्यक्ष कुल बहादुर बुढाथोकी ,माअाेवादीका लाेक प्रिय युवा नेता सुब्बा श्रेष्ठ ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाई, लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे छ।
माओवादी केन्द्रको भातृ संस्था अखिल क्रान्तिकारी दोलखाले पनि दिवसको अवसरमा विभिन्न गरेको छ ।जिरीमा रहेको सहिद स्मृति आवासिय माविमा अध्ययनरत विद्यार्थीलाई स्टेशननरी सामाग्री वितरण र दिप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी दोलखाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *