दाेलखा २९ माघ ।भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले मुलुकमा जातीय द्वन्द्व मेटिने र पहिचान भेटिने आदर्श पुरूष स्वार्गिय भिमबहादुर तमाङकाे सपना काे मानन्धरले खिल्ली उडाएकाछन ।
उनले भिमेश्वर नगरपालिका ४ रहेकाे श्रीसर्वमाध्यामिक विद्यालय जिलुकाे ६१ औ बार्षिक उत्सव तथा अभिभावक भेला लाई सम्बाेधन गर्दै आदर्श पुरूष स्वार्गिय भिमबहादुर तमाङकाे सपना काे मानन्धरले खिल्ली उडाएका हुन।
चाैलागाई बन्धुहरू धेरै पटक यस बिद्यालयकाे अध्यक्ष बनेकाछन ,धैर चाैलागाई बिद्यालयमा शिक्षक भएका छन तर थाैरै चाैलागाईका बालबालिका मात्र पढ्न बिद्यालय अाउनेहुदा विद्यार्थी कमि भएकाे हाे मेयर मानन्धरले अाराेप लगाएकाछन ।जातिय राजनीति गर्न माईर मेयर मानन्धरले चाैलागाई र अन्य जातजाति बिच जिलुमा द्वन्द्व सृजना गर्न एउटा ईटा थपेकाछन्।
पछिल्लो समय विद्यालय तहमा शिक्षाको गुणस्तर खस्किएको, सरकारी विद्यालयको शैक्षिक गुणस्तर त चौपट भएको आराेप आईरहेकाछन।
नेता ,उच्चस्तरका कर्मचारी ,सेना ,प्रहरी ,ब्यापारिहरू राम्रो शिक्षालय खोल्नुभन्दा आफ्नालाई राम्रो शिक्षालय खोज्दै विदेश पठाउने, राम्रो अस्पताल बनाउनु साटो भीआईपी बिरामीहरू हुलका हुल विदेश जाने प्रवृत्ति व्यापक भएका कारण सरकारी विद्यालयमा बिद्यार्थी कमि भएकाे नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाईले बताए ।त्यसका लागि शिक्षा विभाजित हुनु भएन। सबै नागरिकका लागि एउटै विद्यालय प्रणाली हुनुपर्छ। राज्य जिम्मेवारीबाट भाग्न हुँदैन, पत्रकार चाैलागाईले भने तर भाग्दै छ, विद्यालय समुदायीकरण, निजीकरण, साझेदारीकरणका नाममा ।यस्तो शिक्षाले सामन्ती र भतुवा संस्कृतिको विकास गरीरहेको छ । यस्तो शिक्षाले विलासी जिवनमा रमाउने विना श्रम पैसा कमाउने, पैसाका लागि विदेशीने, विदेशीको विकृतिलाई आफ्नो संस्कृति ठान्ने, अरुले अह्राएको काम गर्ने, अर्काको उत्पादन उपभोग गर्ने, अरुको देशमा रमाउने भतुवा संस्कृतको विकास गरिरहेको उनले दावि गरे।
भिमेश्वर नगरपालिका ४ का अध्यक्ष तारानाथ चाैलागाईले शिक्षण सिकाइमा सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकहरूको हुने बताए। विद्यालयमा योग्य सक्षम शिक्षण पेशा प्रति समर्पित, सकारात्मक सोच भएका शिक्षकहरु हुन नितान्त आवश्यक हुन्छ।
शिक्षण पेशामा अयोग्य वा गुणस्तरहिन जनशक्ति प्रवेश गर्यो भने लामो समयसम्म उसले गुणस्तरहिन सेवा प्रवाह गरि लाखौं वालवालिकाको भविस्य वर्वात पार्दछ । त्यसकारण शिक्षण पेशामा चाहे अस्थायी वा स्थायी प्रवेशमा कुनै पनि सम्झौता नगरी योग्य शिक्षक प्रवेशको व्यवस्था गर्नुपर्दछ । शिक्षण पेशालाई आकर्षक मर्यादित र साधन स्रोत सम्पन्न बनाई गुणस्तरीय शिक्षकको प्रवेशलाई सुनिश्चित गरिनुपर्दछ वाड अध्यक्षले भने ।सार्वजनिक विद्यालयमा गुणस्तर अभिवृद्धिका लागि प्रविधियुक्त शिक्षण गर्नको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न नसकेकोlविद्यालय र शिक्षकसमुदायमा स्थानीय सरकारले विभेदपूर्ण व्यवहार गरेको,विद्यालय वालमैत्री हुन सकेकाछैन ।
विद्यालयको नेतृत्व प्रधानाध्यापक विश्व मणि चाैलागाईले गरिरहनु भएकाेछ। ण विद्यालयको नेतृत्व मात्र नभई एउटा कुशल व्यवस्थापक र प्रशासक हुन चालागाई । योग्य सक्षम र क्षमतावान प्रधानाध्यापक भएकालेे विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्रोत साधन र जनशक्ति कसरी कुशलतापूर्वक परिचालन गर्ने योजना, दूरदृष्टि चाैलागाईमा रहेकाेछ। विद्यालयको प्रगतिमा समर्पित, दृढ इच्छा शक्ति भएका, विद्यालयका सवै शिक्षक कर्मचारीलाइ विश्वास र साथमा लिएर अगाडी वढ्रन सक्ने व्यक्तित्व चाैलागाई लामाे समय प्रधनाध्यापकको जिम्मेवारी समालि रहेकाछन।
सर्वमाध्यामिक विद्यालय जिलुकाे ६१ अाै बार्षिक उत्सव तथा अभिभावक भेलाकाे अध्यक्षता विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशव चाैलागाईले गर्नु भएकाे थियोे ।भेलामा बालबालिकाकाे नृत्य का साथै स्काउट डामा प्रस्तुत गरेका थिए ।
Leave a Reply