दोस्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि डाँडाखर्क माविलाई

 पब्लिक संवाददाता      आइतवार, माघ १५, २०७९      0

दाेलखा १५ माघ।मेलुङ गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उपाधि डाँडाखर्क माविले हात पारेकाे छ ।
डाडाखर्क मा बि ले स्वर्ण १०,रजत ३ , कास्य ३ पद जित्दै प्रथम भएकाे छ । त्रिभुवन मा बि ले स्वर्ण ७,रजत ६ , कास्य २ ल्याई दितिय र लक्ष्मी मा बि मेलुङ स्वर्ण ३,रजत ६ जित्दै तृतीय भएकाे छ ।स्वर्ण ३ रजत ३ र कास्य ४ ल्याई सत्यश्वर मा बि, मेलुङ १ पवटी सान्तोना स्थान ओगेटे

प्रथम हुने विद्यालयलाई रु २०,हजार , दितिय विद्यालयलाई रु.१५,००० तृतिय विद्यालयलाई रु. १०,००० सान्तोना विद्यालयलाई रु.५,००० मेडल र ट्रफी प्राप्त गरेकाछन । सबै बिधामा प्रथम, दितिय र तृतिय हुने प्रत्यक बिद्यार्थीलाइ क्रमश रु ५००, रु.३०० र रु. २०० मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

भलिबल छात्रा र छात्र तर्फ प्रथम, दितिय, तृतिय र सान्तोना हुने टिमलाई क्रमश : रु. १०,हजार , ७,हजार, ५,हजार र ३हजार प्रमाण पत्र ट्रफिक र मेडल प्रदान गरिएको छ । भलिबलको विभिन्न ६ बिधा ट्रफिक र मेडल समेत प्रदान गरेकाे छ।
विजेता खेलाडीहरूलाई पुरस्कार बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथिकाे नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा सम्बाेधन गर्दै राष्ट्रकाे लागि खेलकुद,स्वास्थ्यकाे लागि खेलकुद अभियानमा अाम युवाहरू लाग्न अाबश्यक रहेकाे बताउनुभयाे।उहाँले भन्नुभयाे खेलकुदले बिश्वलाई जाेडेकाे छ,मेलुङ गाउपालिबाट छनाेटभएका खेलाडी ले जिल्ला र प्रदेशमा बाट छनाेट भई राष्ट्रका लागि खेल्न सक्ने क्षमता राख्नुपर्दछ। जे आबश्यक पर्छ सहयाेग गर्न नेपाली कांग्रेस दाेलखा,मेलुङ गाउपालिका तयार रहेकाे समेत सभापति लामाले प्रतिबद्धता जाहेर गर्नुभयो ।

मेलुङ गाउँपालिका उपप्रमुख अध्यक्ष एवम नेकपा एमाले दाेलखाकाे नेतृ गायत्री अाचार्यले विद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने खेलकुदका कार्यक्रमकाे पालिकाले अागामी दिन पनि निरन्तरता दिने बताउनुभयो ।निरन्तर कार्यक्रम अनुसारै अध्यक्ष कप,उपाध्यक्ष कप प्रतियाेगिता पालिकाले गर्ने उहाले जानकारी दिनुभयाे ।

मेलुङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अर्जुन काेईरालाले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने बताउनुभयाे । उहाँ भन्नू हुन्छ विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व छ।राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न गराउन ब्यवस्थापनकाे जिम्मेवारी लिएका वडा ६ र ७ अध्यक्ष कुसुम लामा ,नबराज खड्का र त्रिभुवन उच्च माविका प्राचार्य सन्तोष श्रेष्ठकाे उत्कृष्ट समन्वयमा भव्य र सव्य रूपमा कार्यक्रम भएकाे थियोे ।

दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मेलुङ गाउँपालिकाको आयोजना र त्रिभुवन मावि मेलुङ को व्यवस्थापनमा सम्पन्न भएकाेछ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *