
दाेलखा १४ माघ ।दोलखाको आर्थिक अवस्था २०७२ सालको महाभूकम्पले थिलथिलो पारेकोमा २०७६ देखि देखिएको कोभिड १९ ले उठ्नै नसक्ने बनाएको अवस्थामा सुषुप्त रहेको आर्थिक अवस्थालाई टेवा दिन कृषि लगायत पर्यटन क्षेत्रलाई माथि उठाई आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वृद्धि गर्दै सम्मुन्नत दोलखाको परिकल्पना साकार पार्न दोलखा महोत्सव आयोजना गरिएको छ।
दोलखा चेम्बर अफ कमर्सको मुख्य आयोजना र भीमेश्वर नगरपालिकाको सह आयोजनामा फाल्गुण २१ देखि २७ सम्म दोलखा महोत्सवको हुने छ ।
अार्थिक मामिलता तथा याेजना मन्त्री जगन्नाथ थपलियाले बागमती सरकारले दाेलखा महाेत्सव सम्पन्न गराउन जस्तोसुकै सहयाेग गर्न पनि पछि नपर्ने बताउनुभयो ।
प्राकृतिक, धार्मिक रु सांस्कृतिक सम्पदाले भरिपूर्ण दोलखा जैविक विविधता, मनोरम प्राकृतिक दृश्यहरु, नेपालको समय मापनका आधार गौरीशङ्कर हिमाल, जिरी उपत्यका, महाभारतको उच्च पहाड शैलुङ जस्ता राष्ट्रिय महत्वका स्थलहरुले पनि भरिपूर्ण छ ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना, नेपालकै निजी क्षेत्रको पहिलो खिम्ती जलबिद्युत आयोजना, प्रस्तावित तामाकोशी तेश्रो विद्युत आयोजना, गौरीशङ्कर क्षेत्र संरक्षण आयोजना लामाबगरबाट उत्तरी तिब्बत जोड्ने प्रस्तावित सडक आयोजना प्रस्तावित फिल्म सिटी जस्ता राष्ट्रिय महत्वका विकास आयोजना पनि दोलखामै छन ।
प्रधानमन्त्री कार्यालयका मुख्य सचिव राम प्रसाद थपलिया भन्नुभएको अार्थिक सम्बृदीलाई दाेलखा महाेत्वस जस्ता कार्यक्रममा अायाेजना हुनु पर्नेछ ।प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण दोलखा जैविक विविधता, मनोरम प्राकृतिक दृश्यहरु,राष्ट्रिय स्तरमै प्रचार गर्न जरुरी छ,थपलियाले बताउनुभयो ।
देशकै उच्च गुणस्तरको स्लेट खानी, आनी (बौद्ध भिक्षुणी) उत्पादन गर्ने प्रसिद्ध विगु गुम्बा, सनसनीपूर्ण च्छोरोल्पा हिमताल, देशकै सबैभन्दा बडी हिमआरोहीहरु जन्माउने गौरीशङ्करको बेदिङ गाउँ, दुर्लभ रेडपाण्डा र कस्तुरीको वासस्थान गौरीशंकर क्षेत्र, लोपोन्मुख सुरेल र जिरेल जातिको उद्गम स्थल दोलखाका राष्ट्रिय पहिचानका विषयहरु हुन् ।
प्रसिद्ध भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती जस्ता प्रसिद्ध तीर्थस्थलहरु, जातिगत र संस्कृतिगत विविधताहरु, सहकारी संस्थाहरुको नमूनायोग्य संस्थागत विकास जस्ता कारणले दोलखा मुलुककै पर्यटकीय जिल्लाको रुपमा स्थापित हुन खोज्दैछ ।
यिनै कारणहरुले केही समययता दोलखामा पर्यटकहरूको संख्यामा वृद्धि भइरहेको देखिन्छ । यही सम्भावनालाई जिल्लाको मुख्य आर्थिक गतिविधिको केन्द्र बनाउने उद्देश्यले दोलखा चेम्बर अफ कमर्सको मुख्य आयोजना र भीमेश्वर नगरपालिकाको सह आयोजनामा यही फाल्गुण २१ देखि २७ गतेसम्म दोलखा महोत्सवको आयोजना गर्न लागिएको हो
दाेलखा महाेत्सवका मुख्य अायाेजक दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु श्रेष्ठले प्रसिद्ध तीर्थस्थलहरु, जातिगत र संस्कृतिगत विविधताहरु, देशकै सबैभन्दा बडी हिमआरोहीहरु जन्माउने गौरीशङ्करको बेदिङ गाउँ, दुर्लभ रेडपाण्डा र कस्तुरीको वासस्थान गौरीशंकर क्षेत्र, लोपोन्मुख सुरेल र जिरेल जातिको उद्गम स्थलका कारण दोलखा मुलुककै पर्यटकीय जिल्लाको रुपमा स्थापित गर्न महाेत्सव अायाेजना गरेकाे जानकारी दिनुभयाे ।
समुद्री सतहको ७३२ मीटरदेखि १३४ मीटर गौरीशंकर हिमाल) को उचाइसम्म फैलिएको दोलखा जिल्ला सङ्घीय नेपालको राजधानी काठमाडौबाट १३२ किलोमीटर उत्तरपूर्वतर्फ अवस्थित छ।
दाेलखा सदरमुकाम चरिकोटमा रहेकाे अाफ्नाे कार्यालयमा
बागमती सरकारका अार्थिक मामिलता तथा याेजना मन्त्री जगन्नाथ थपलिया ,प्रधानमन्त्री कार्यालयका मुख्य सचिव राम प्रसाद थपलिया र प्रमुख निर्वाचन अायुत दिनेश थपलियालाई स्वागत गर्दै दाेलखाकाे अार्थिक विकासमा सहयोग गर्न दाेलखा चेम्बरका उपाध्यक्ष रूद्र जंग बुढाथोकीले अनुराेध गर्नुभएकाेछ ।
दाेलखा चेम्बर अफ कमर्श बरिष्ठ उपाध्यक्ष बिरशंकर शाही
अतिथिहरूकाे स्वागत गर्दै चेम्बर अफ कमस मुलुकमा निर्वाह भुमिका माथि प्रकाश पार्नुभएकाे थियाे।
निजी क्षेत्रका उद्यमी व्यवसायीहरुको हितमा कार्यरत ऐतिहासिक संस्था भएकोले २००७ सालमा वाणिक मण्डलको रुपमा गठन भएर २००९ सालमा नेपाल व्यापार संघको नामबाट नेपाल चेम्बर अफ कमर्स बनेको जानकारी गराउनु भएकाे छ।
यो संस्था देशमा विभिन्न समयमा भएका परिवर्तनहरुसँगै आन्दोलन र सहकार्य गरी हाल २०७२ सालको संविधान बमोजिम संघीय स्वरुपमा रुपान्तरण भई केन्द्र, प्रदेश, जिल्ला र गांउ वा नगर तहमा आफ्ना संरचनाहरु विस्तार गरेको छ । पांच वर्षदेखि जिल्लाभित्रका उद्योगी व्यवसायीको हकहितमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको शाहीले बताउनुभयो ।
Leave a Reply