मिलेभवत टुक्रे काम,परम्परा थितिकाे उलंघन,कर्मचारी बाटै तिरस्कार जस्ता कारण बर्तमान नेतृत्व नाङ्गैझार हुने संकेतका बिच भिमेश्वर नगरकाे २७ औं स्थापना दिवसमा सम्पन्न

 पब्लिक संवाददाता      बिहिबार, माघ १२, २०७९      0

दाेलखा १२ माघ । विकास निमार्ण र सुशासनकाे गाेरेटाेमा हिड्न थप प्रेरणा जागृत गराई कर्तव्यपथमा बिचलित नहुन
सरकारलाई खबरदारी गर्दै अाएका दाेलखाका संचारकर्मीलाई भीमेश्वर नगरपालिकाले अाफ्नाे २७ औं स्थापना दिवसमा उपेक्षा गरेकाे छ।
हरेक बर्षकाे स्थापना दिवसमा एक जना संचारकर्मीलाई पुरस्कृत गर्दै अाएकाेमा यस बर्ष नगरले पुरस्कृत गरेन।

नगरपालिकामा नयाँ नेतृत्व अाएपछि जनताकाे अाखाले हेर्न विकासका गतिविधि शुन्य मात्र नभई सुशासन मै सुधार नभएकाेमा संचारकर्मीहरूले अालाेचन गर्ने भयले उद्घाटन शत्रमा बक्ताकारूपमा समेत नराखेकाे नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाईले दाबि गर्नुभएकाे छ । गलत सल्लाहकार ,खराब नियतका कर्मचारीकाे सल्लाहका कारण पनि उपेक्षाकाे सिकार बन्न बाध्य भएकाे हुन सक्छ ।हतासकाे मानसिकता ,मिलेभवत टुक्रे काम,परम्परा थितिकाे उलंघन,कर्मचारी बाटै तिरस्कार जस्ता कारण बर्तमान नेतृत्व नाङ्गैझार हुन मात्र बाँकी रहेकाे अाराेप नागरिक तहबाट उठ्न थालेकाेछ ।
नियमित डस्ने सर्प जस्तो ठेकेदारकाे रसपानमा साेैदावाजी गरेर नेतृत्व हिड्दा भिमेश्वर नगरवासीकाे भविष्य चकानाचुर हुने अाशंका नागरिकमा पर्न थालेकाे छ । स्वाच्छ अालाेचना सहन नसक्नेले नेतृत्व नगर्दा हुन्छ ।पदमा हुदा नागरिकको अावाज सुन्न सक्नुपर्छ अध्यक्ष चाैलागाईले भन्नु भयाे चरिकोट बजार मात्र भिमेश्वर नगरपालिका हाेईन यसमा लामानागि,बुस्ती,भण्डारे लगायत धैरै ठाउँहरू छन।

भीमेश्वर नगरपालिकाको स्थापना दिवसको अवसरमा पूर्वमेयर भरत बहादुर केसी सम्मानित भएका छन् । केसीले भीमेश्वर नगरपालिकाको समृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो । बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा २७औं स्थापना दिवस सम्पन्न भएको छ ।
    भीमेश्वर नगरपालिकाको स्थापना दिवसको अवसरमा कर्मचारीहरुमा अर्जुन लामा, किरण दाहाल र रमा सापकोटा सम्मानित भएका छन् ।
त्यस्तै भीमेश्वर नगरपालिकाको कानुन र नीति निर्माणमा सहकार्य गर्दै आएका संस्था द एसिया फाउण्डेशनका बामगती प्रदेश संयोजक, दाेलखालीका मुटुका धड्कन,मिलनसार व्यक्तित्व उद्धव प्रसाद अधिकारीलाई समेत भिमेश्वर नगरपालिकाले सम्मान गरेकाे छ।
     भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरको अध्यक्षता भएकाे उद्घाटन सत्रलाई बागमती प्रदेशका माननीय भरत बहादुर केसी, उपमेयर कमला बस्नेत,प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडा ,नेपाली कांग्रेस भिमेश्वर नगरका सचिव रूद जंग बुढाथोकी ,नेकपा एमालेका नेता ज्ञानेन्द्र प्रधान,नेकपा माअाेवादी केन्द्र नेत सुब्बा श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत शिसिर पौडेल र चेम्बर अफ कर्मस दाेलखाका अध्यक्ष बिष्णु श्रेष्ठ ,  भीमेश्वर नगरपालिकाका प्रवक्त तारानाथ चौलागाईले सम्बाेधन गर्नु भएकाेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *