प्रतियाेगिताकाे उपाधि श्री सु्र्के मावि खरिढुङ्गालाई,चौथो राष्ट्रपति भिमेश्वर नगर रनिङ शिल्ड प्रतियाेगितामा थिति मिच्दै भिमेश्वर नगर

 पब्लिक संवाददाता      मङ्लबार, माघ १०, २०७९      0

ईश्वर बि क

दाेलखा १० माघ।चौथो राष्ट्रपति भिमेश्वर नगर रनिङ शिल्डकाे उपाधि श्री सु्र्के माध्यमिक विद्यालय खरिढुङ्गा हात पारेकाे छ ।
चौथो राष्ट्रपति भिमेश्वर नगर रनिङ शिल्ड प्रतियाेगितामा दितिय क्षमावती माध्यमिक विद्यालय र तृतीय माेडन बाेडिङ स्कुल भएकाछन । प्रथम ,दितिय र तृतीय हुने बिद्यालयलाई क्रमश ३० हजार ,२० हजार, १० हजार,शिल्ड,मेडल, ट्रफी प्रदान गरिएको छ । कालिञ्चाेक माध्यमिक विद्यालयका खेल शिक्षक भिम थापा भन्नू हुन्छ प्रथम हुने सु्र्के माध्यमिक विद्यालय खरिढुङ्गाले ५ स्वार्ण,२ कास्य,१ रजत,दितिय हुने क्षमावती माध्यमिक विद्यालयले ४स्वार्ण,४ कास्य,४ रजत र तृतीय हुने माेडन बाेडिङ स्कुलले ४स्वार्ण,२ कास्य,१ रजत स्थान प्राप्त गरेकाछन ।नगरका १९ विद्यालयहरूकाे चौथो रास्ट्रपति भिमेश्वोर नगर रनिङ शिल्ड प्रतियाेगितामा सहभागी थिए।

चौथो राष्ट्रपति भिमेश्वोर नगर रनिङ शिल्ड प्रतियाेगिता गर्न
संघिय ससर्त अनुदानमा १ लाख अाए पनि भिमेश्वर नगरकाे बजेटबाट ब्यबस्थापन गर्न ३ लाख लालिगुराँस युवा क्लवलाई दिएकाे नगर शिक्षा शाखाका नासु बिष्णु खत्रीले जानकारी दिनुभयाे ।
कति खर्च भयाे बिल भरपाई अाएपछि मात्र चौथो रास्ट्रपति भिमेश्वर नगर रनिङ शिल्ड प्रतियाेगिताकाे खर्च भन्न नसकिने खत्रीले बताउनुभयाे।लालिगुराँस युवा क्लवलाई ब्यबस्थापन गर्न दिएकाे तर सहअायाेजक लेखेकाेमा अाफु अनबिज्ञ रहेकाे बताउनुभयो ।
लालिगुराँस युवा क्लवले चौथो राष्ट्रपति भिमेश्वर नगर रनिङ शिल्ड प्रतियाेगिताकाे ब्यबस्थापन उत्कृष्ट गरेपनि रनिङ शिल्ड प्रतियाेगिताकाे ईतिहासमा भिमेश्वर नगरले पहिलोपटक क्लवलाई ब्यवस्थापनकाे जिम्मेवारी दिएकाे छ ।हरेक बर्ष रनिङ शिल्ड प्रतियाेगिताकाे ब्यबस्थापन बिद्यालयहरूले गर्ने गरेकाेमा विद्यालयहरूकाे कार्यकुशलतामा खिल्ली उडाउदै क्लवलाई दिएकाे कालिञ्चाेक माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज न्याैपानेले अापति जनाउनु भएकाेछ ।

विद्यालयका प्रधानाध्यापकहरू संग सरसल्लाह नै नगरि भईरहेकाे थिति मिच्ने अधिकार भिमेश्वर नगरलाई नभएकाे न्याैपानेले बताए । भिमेश्वर नगरले अहिले क्लवलाई अर्को बर्ष टेण्डर खुलाएर ठेकदारलाई नदेला भन्न सकिन अामशिक्षकहरूकाे भनाइ रहेकाे छ ।
यश पटक केही सकारात्मक काम पनि भएकाछन । मार्चपासमा प्रथम दितिय,तृतीय र सान्त्वना हुने विद्यालयलाई कमश ५ हजार ,३ हजार, २ हजार,१ हजार पुस्कार प्रदान गरिएको छ ।सहभागी १९ विद्यालयमा छात्र,छात्रा भलिबल र एथलेटिक्समा सहभागीहुने विद्यालयलाई १५ हजार ,भलिबलमा एक टिम र एथलेटिक्समा सहभागीहुने विद्यालयलाई १२ हजार र एथलेटिक्समा मात्र सहभागीहुने विद्यालयलाई १० हजार नगद प्रदान गरिएकाे शिक्षा शाखाका प्रमुख अर्जुन कार्कीले जानकारी दिनुभयाे ।

चौथो राष्ट्रपति भिमेश्वर नगर रनिङ शिल्ड प्रतियाेगिताकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै दाेलखा प्रदेश क १ का सभासद कुन्दन राज काफ्लेले खेलकुद एउटा व्यायाम हो, जसले शारीरिक विकासमा योगदान पुर्‍याउँछ , त्यति मात्र नभएर खेलकुदका अन्य धेरै प्रत्यक्ष र परोक्ष फाइदा रहेको बनउनुभयाे । उहाँले भन्नुभयो सबैजसो खेलकुदमा दिमाग केन्द्रित गर्नुपर्ने हुन्छ त्यसले गर्दा कुनै खेलमा भाग लिँदा दिमागको पनि व्यायाम हुन्छ , खेलकुदले शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउन पनि निकै ठूलो मद्दत गरेको हुन्छ ।
साेहि समारोहमा काफ्लेले दाेलखाली युवा बिद्यार्थी हितकाे लागि मुलुकले खाेजेकाे शैक्षिक बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न जुन सुकै बिद्यालयले प्राविधिक शिक्षा पठाउन चाहन्छ त्यसको लागि डटेर सहयोग गर्ने प्रतिबध्दा जाहेर गर्नु भयाे ।अाउनुस भक्तपुरले खाेपा कलेज संचालन गरे जस्तो कुन पालिकाले कुन कजेज स्थापना गर्ने हाे म अगुवाई गर्न तयार छु माननिय काफ्ले अनुराेध समेत गर्नुभयाे ।
भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरकाे अध्यक्षताभएकाे चौथो राष्ट्रपति भिमेश्वर नगर रनिङ शिल्ड प्रतियाेगिताकाे समापन समारोहलाई उप प्रमुख कमला बस्नेत ,प्रमुख प्रशासकीय अधिकृत शिशिर पाैडेल,शिक्षा समन्वय ईकाई प्रमुख शंकर बाबू श्रेष्ठ , नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकरचाैलागाई,नगरपालिकाका प्रबक्ता तारानाथ चाैलागाईले सम्बाेधन गर्नु भएकाे छ ।
माघ ६ देखि १० गत्ते सम्म भिमेश्वोर नगरपालिकाको आयोजना तथा लालिगुरास युवा क्लबको सह आयोजनामा प्रतियाेगता भएकाे थियाे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *