राजन बस्नेत
दाेलखा ८ माघ। नेपाल वार एसोसिएसन दोलखाले प्रत्यक्ष तथा समानुपातिक निर्वाचनबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा कार्यकालकाे शुभकामना दिएकाेछ ।
काठमाडौकाे अनामनगर स्थित युनियन हाउसकाे हलमा भएकाे कार्यक्रममा दाेलखा घर भई काठमाडौंमा कानुनी पेशा गर्ने बरिष्ठ अधिवक्ताहरूलाई नेपाल वार एसोसिएसन दोलखाले सम्मान एवम दाेलखा कानुन व्यवसायी समाज गठन समेत गरेकाेछ ।
नेपाल सरकारकाे परराष्ट्रमन्त्री बिमल राई पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बार दाेलखाले निर्वाचित जनप्रतिनिधिलाई कार्यकालकाे शुभकामना दिदै सम्मान गरेकाे छ ।साेहि कार्यक्रममा बारले बरिष्ठ अधिवक्ताहरूलाई समेत सम्मानका साथै अभिनन्दन गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका माननीय गंगा कार्की ,प्रदेश माननीय कुन्दन काफ्ले ,प्रदेश माननीय भरत केसी ,समानुपातिक प्रदेश माननीय उर्मिला सुनुवार र बरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, लक्ष्मी प्रसाद उप्रेती ,टकं प्रसाद दुलाल,मेघराज पाेखरेल,देवराजशर्मा,शुभद्रा अधिकारी सम्मानित हुनुभएको छ।
नेपाल वार एसोसिएसन दोलखाले निमार्ण गरेकाे बरिस्ठ अधिवक्ता मेघराज पाेखरेल अध्यक्ष रहेकाे १३ सदस्यीय दाेलखा कानुन व्यवसायी समाजलाई परराष्ट्रमन्त्री बिमल राई पाैडेलले कार्याकालकाे शुभकामना तथा बधाई समेत दिनुभएको छ ।
परराष्ट्रमन्त्री राईले लोकतन्त्रको आत्मा कानुनी राज्य भएको बताउदै हरेक प्रजातान्त्रिक मुलुकले कानुनी राज्यको रक्षा, मानव-अधिकारको संवद्र्धन ,नागरिक सर्वोच्चतामा जोड दिनु पर्ने बताउनुभयो ।उहाँले” नेपालको वर्तमान संविधान र अन्य शासकीय कार्यप्रणालीमा समेत कानुनी राज्यलाई लिखित रूपमा अवलम्बन गरिएकाले यसलाई व्यावहारिक रूपमा समेत लागू गर्नु आजको आवश्यकता हो रहेकाे प्रष्ट पार्नु भयाे।”
मन्त्री राई पाैड्याल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अर्थ तथा योजना समिति सदस्य र अखिल महिला संघको केन्द्रीय समितिमा रहनुभएकाे थियोे । विमलाको संसदीय यात्रा भने २०७४ सालबाट सुरु भएको हो।उहाँ दिगो विकास तथा सुशासन समितिमा सदस्य रहनु भएकाे थियोे ।
राईले १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गर्नुभएकाे छ। उहाँले राष्ट्रपति कार्यालयमा विकास मामिला विज्ञ (सल्लाहकार) को रुपमा काम गर्नुभएको छ।
राजनीतिभन्दा गैरसरकारी क्षेत्रका विभिन्न सामाजिक संघ/संस्थामा रहेर अनुभव हासिल गरर्नुभएकाे राईले एक्सन एड, डिएफआइडी, स्विस विकास सहयोग नियोग लगायतमा काम गर्नुभएकाेछ।
सामाजिक न्याय कायम गर्न,न्यायिक उपचारलाई सहज बनाउन, निरंकुशता र स्वेच्छाचारिता अन्त्य गर्न,
,समाजमा शान्ति अमन, चयन र सुशासन कायम गर्न,थप जिम्मेवारी बहन गराउने धेयले नेपाल बार एशाेसियसन दाेलखाले कार्यक्रम राखेकाे नेपाल बार एशाेशियसन दाेलखाका अध्यक्ष कृष्ण बस्नेतले प्रष्ट पार्नुभयाे।
नेपाल बार एशाेसियसन दाेलखाले दोलखा स्मारिका तथा देशका विभिन्न जिल्लामा रहि कानुन व्यवसायी गर्ने दाेलखाली कानुन व्यवसायीको फोन डायरी प्रकाशन गर्ने घाेषणा गरेकाेछ । साेहि समारोह दाेलखा बारकाे भवन निर्माणकाे लागि आर्थिक समिति समेत गठन गरेकाे छ ।
नेपाल बार एशाेसियसन दाेलखाले दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेतकाे अध्यक्षतामा भएकाे समारोहलाई प्रतिनिधि सभाका माननीय गंगा कार्की ,प्रदेश माननीय कुन्दन काफ्ले ,प्रदेश माननीय भरत केसी ,नेकपा एमालेका नेता आनन्द प्रसाद पाेखरेल, नेकपा एमालेका नेता तथा अधिवक्ता प्रविन प्रधान लगायतले सम्बाेधन गर्नुभएकाे छ ।
Leave a Reply