बागमती प्रदेशको मुख्यमन्त्रीमा शलिकराम जमरकट्टेल नियुक्त

 पब्लिक संवाददाता      सोमवार, पुस २५, २०७९      0

हेटौँडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

जमरकट्टेललाई प्रदेश प्रमुख यादबचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ७० जना प्रदेशसभा सदस्यको समर्थन सहित दाबी पेश गरेका जमरकट्टेल नेपालको संबिधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । २०७९ साल मंसिर ४ मा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित जमरकट्टेल हाल माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एबम् धादिङ जिल्ला ईन्चार्ज हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *