नेपाल शिक्षक संघ भिमेश्वर नगरकाे दाेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा पाठक

 पब्लिक संवाददाता      आइतवार, पुस १७, २०७९      0

दाेलखा १६। पुस ।नेपाल शिक्षक संघ भिमेश्वर नगरकाे दाेस्रो अधिवेशन दाेलखा सदरमुकाम चरिकोटमा शनिबार सम्पन्न भएकाेछ।

नेपाल शिक्षक संघकाे दाेस्रो अधिवेशनलाई उद्घाटन गर्दै बागमती प्रदेशका उपमहासचिव दिपशंकर चाैलागाईले
शिक्षामा राज्यको लगानी पर्याप्त नहुँदा शैक्षिक गुणस्तर सुधारमा समस्या हुने गरेको बताए ।
चाैलागाई भने शिक्षकको हकहितमा स्थानीय तहहरू गम्भिर बन्नु आवश्यक छ ,शिक्षकका संगठनले संविधानले दिएको अधिकार उपायोग गर्नुपर्छ।
माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहसँग छ।नेपालको संविधानले नै शिक्षाको अघिकार स्थानीय तहलाई दिएकाले विद्यालय शिक्षाको विषयमा स्थानीय सरकार नै जिम्मेवार बन्नु पर्छ उनले भने ।
गुणस्तरीय सार्वजनिक शिक्षाको पक्षमा सरोकारवाला सबैलाई समाहित गर्ने र दिगो विकास प्रबर्धनमा योगदान गर्न शिक्षकका पेशागत संस्थाहरू क्रियाशिल हुन पर्दछ।चाैलागाईले भन्छन-शिक्षकहरूको पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउनु र उनीहरूलाई सम्मानजनक र सन्तोषजनक काम गर्ने वातावरण निर्माण गर्नु नेपाल शिक्षक संघकाे प्रमुख दायित्व हाे ।

संस्था प्रतिबफदार भएर कुशल सेवा गर्ने शिक्षकहरू भिमसेन केसी,कृष्ण थापा,अञ्जु शिवाकोटी ,शिवप्रसाद शिवाकोटी र छविन्द्र प्रसाद चाैलागाई नेपाल शिक्षक संघ भिमेश्वर नगरकाे दाेस्रो अधिवेशन सम्मानित भएकाछन ।

साेहि कार्यक्रम नेपाल शिक्षक् दाेलखाका अध्यक्ष गाेबिन्द नारायण मानन्धरले शिक्षकहरूलाई दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधानमा सहयोग गर्नु, शिक्षकहरूको ट्रेड युनियन अधिकार, पेशागत ज्ञान, सीप र चेतनामा विस्तार गर्नु ,आर्थिक र सामाजिक सुरक्षाका अभियान सञ्चालन शिक्षक संघ दाेलखा निरन्तर लागि परेकाे बताए ।

मानन्धरले भन्नू भयाे शिक्षाको पहुँच, गुणस्तर निर्माण र कुशल व्यवस्थापनका लागि शिक्षक र स्थानीय समुदायसँग सहकार्य गर्नु पर्दछ।
नेपाली शिक्षा क्षेत्रको ठूलो चुनौती खस्कदो शैक्षिक गुणस्तर हाे शिक्षकका लाेक प्रिय नेता यज्ञ खत्रीले भने देशको बार्षिक बजेटको ठूलो हिस्सा खर्चहुने विद्यालय शिक्षामा अपेक्षाकृत गुणस्तर वृद्धि हुन सकेको छैन । शिक्षकहरुले राजनीति गरेर गुणस्तर खस्केको भन्ने आरोप पनि लाग्दै आएको छ । हामी शिक्षकहरु आपनो शिक्षण कार्यमा इमान्दार बन्नै पर्दछ , आफु मातहतका सदस्य शिक्षकलाई पेशाप्रति इमान्दार बनाएर समाजमा उठेका आरोप खण्डन गर्न नेपालमा शिक्षाको गुणस्तर वृद्धिमा नेतृत्वदायी भूमिका खेल्नु पनि आजको चुनौती भएकाे खत्रिले बताए।
नेपाल शिक्षक संघ भिमेश्वर नगरकाे दाेस्रो अधिवेशनले युबराज पाठककाे अध्यक्षतामा २७ सदशिय नगर कार्यसमिती चयन गरेकाेछ।संघकाे उपाध्यक्षमा रविचन्द्र घिमिरे ,निर्मला शिवाकोटी ,सचिव एकराज शिवाकोटी ,अर्थ सचिव नारायण खड्का ,समावेशी सचिव रूपा भुजेल,समावेश सहसचिव यादवराज थामी रहेकाछन ।
कार्यक्रम रूद्र प्रसाद चाैलागाईकाे अध्यक्षता सम्पन्न भएकाेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *