
दाेलखा १५ पुस।दाेलखा जिल्लामा बन्न लागेकाे अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)काे लागि ११बर्षमा सरकारले १८ कराेड लगानी गरेकाे छ ।१८ अरबमा सम्पन्न हुने गुरुयाेजना बनाउने सरकार बजेट भने छुट्टाउनु तयार छैन । २०६८ सालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)काे सपना देख्न सूरू गरेका नागरिक यहि गतिमा हाे भने सपन्न हुन अझै सय बर्ष लाग्नेछ भिमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले चिन्ता ब्यक्त गरे ।२०७४ सालमा राष्ट्रिय प्रथामिकता परेकाे याेजना सरकारी उपेक्षाकाे सिकार बनेकाे छ ।
विकास सबैलाई चाहिन्छ ,दलगत स्वार्थका कारण कहिले स्याङ्जा मा स्मार्ट फिल्म सिटी बनाउने त कहिले काब्रेमा भनेर दाेलखामा अाेझेल परिरहेको मेयर मानन्धरले प्रष्टपारे ।मानन्धरले भन्छन हतार हतार उद्घाटन र बजेट भाषणमा रकम राख्न अातुर देखिने तर ११बर्षमा १ प्रतिशत बजेटमा मात्र सिमित छ दाेलखाकाे अन्तर्राष्ट्रिय फिल्म सिटी।
सम्मानिय राष्ट्रपति बिधादेवि भण्डारीले अाफ्नाे नीति तथा कार्यक्रम दाेलखा जिल्लामा बन्न लागेकाे अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) प्रथामिकता दिए पनि याेजनाकाे गति सुस्त रहेकाे चलचित्रकर्मी मनदास श्रेष्ठ बताए ।
सरकारले मात्र निर्माण गर्न असम्भव भएकाे कारण पब्लिक प्राईभेट पार्टनरसिप माेडलमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) बनाउनु पर्छ श्रेष्ठले भन्ने हलिउड,बलिउडमा बनेका चलचित्र नगरी (फिल्म सिटी) यहि माेडलमा बनेकाछन। चलचित्र नगरी निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन आवश्यक छ।पर्न
फिल्म सिटीको पछिल्लो अवस्था बुझ्न सञ्चार मन्त्रालयका सहसचिव उतरकुमार खत्री नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरि भिमेश्वर नगरपालिका संग छलफल गर्न अाईपुगेकाछन।टाेलीमा चलचित्र बाेर्डका अध्यक्ष भुवन केसी समेत रहेकाछन ।
सह सचिव खत्रीले प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको लागि समेत यो स्थानमा फिल्म सिटी उपयुक्त हुने बताए । सरकारले प्राथमिकता साथ फिल्म सिटी काम अघि बढाउने खत्रिले वचन दिए।
भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशन दिएको थियो । सोही आधारमा १५ सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाइसकेको छ ।
अवलोकनपछि चलचित्र विकास बोर्डलाई अध्यक्ष भुवन केसीले भने उच्च पहाडी स्थानमा रहेको दूर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरु बढी हुने समेत बताए । यहाँबाट देखिने हिमालय श्रृंखला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोला नाला र हरियालीले फिल्मसिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने उनले बताए ।प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माण भई सकेकाे छ ।
यसअघि नै मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ ।ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो ।
काठमाडौंबाट करिब १०९ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ । प्रशासनिक भवन तथा प्रवेशद्धार निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ ।
Leave a Reply