दाेलखा जेसिजकाे प्रथम साधरण सभा चरिकोटमा सम्पन्न,अध्यक्षमा अर्जुन अपवाद चयन

 पब्लिक संवाददाता      शुक्रबार, पुस १५, २०७९      0

दाेलखा १५ पुस । युवाहरुलाई उपलब्ध गराईउनीहरुको अन्र्तनिहित प्रतिभाको प्रष्फुटन गराई सकारात्मक परिवर्तन गरी सक्षम एवं योग्य नागरिक बनाउने अभियानको नाम हाे जेसीज ।यसकै दाेलखा शाखाकाे प्रथम बार्षिक साधरण सभा चरिकोटमा सम्पन्न भएकाे छ ।

शासन व्यक्तिको होइन,विधिको हुनु पर्दछ भन्ने अठाेट का साथ विध्दवान युवाहरूले लामाे समयकाे संर्घष पछि दाेलखा जेसिसलाई अाधिकारिकता दिलाउन सफल भएका कारण प्रथम बार्षिक साधरण सभा चरिकोटमा भएकाे हाे ।

प्रथम बार्षिक साधरण सभाका प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले जेसिसमा लागेपछि युवाहरू सामाजिक दायित्व प्रती निखारिदै जान्छन र सबल , सक्षम बन्ने जेसिस काेशेढुङ्गा सावित हुने छ ।

जेसीज १८ देखि ४० बर्षका युवाको विश्वव्यापी विश्वविद्यालय हो जहाँ गरेर सिक्ने प्रकृयाबाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराईन्छ । यस अर्थमा जेसीजको आफ्नो छुट्टै पहिचान छ । यस्तो पहिचान भएको अन्य कुनै संस्था छैन। अतः यसलाई अन्य कुनै संस्था संग तुलना गर्न वा दाज्न सकिंदैन । यो संस्थाको आफैमा एउटा विशिष्ट पहिचान छ । औपचारिक विश्वविद्यालयहरुमा प्राप्त गर्न नसकिने कतिपय ज्ञान जेसीजमा प्राप्त गर्न सकिन्छ । जसबाट यसका सदस्यहरु लाभान्वित भई आफनो पेशा व्यवसायलाई राम्रो ढंगले संचालन गरी सफलता प्राप्त गर्न सक्दछन,कार्यक्रम सभापति एवम दाेलखा जेसिसका अध्यक्ष पदम पाठकले भन्नू भयाे ।
मातृ जेसिसका पूर्व अध्यक्ष गाेपाल खड्का भन्छन नेतृत्व गर्दा त्यसमा प्रभावकारिता ल्याउन वा लक्ष प्राप्त गर्न , सफल हुन ,मानिस भित्र सहि आधारभूत क्षमताको आवश्यकता पर्दछ,।
प्रभावकारी निर्णय गर्ने क्षमता, लक्ष्य सुनिश्चित गरी सो प्राप्त गर्न रणनीति बनाउने क्षमता प्रजातान्त्रिक एवं प्रभावकारी रुपमा बैठक संचालन गर्ने वा बैठकमा प्रस्तुत हुने क्षमता प्रभावकारी भाषण गर्ने क्षमता, प्रभावकारी लेखन क्षमता, उत्प्रेरणा गर्ने क्षमता, संगठन क्षमता, प्रभावकारी जनसम्पर्क आदि क्षमताहरुको आवश्यकता पर्दछ । यस्ता सम्पूर्ण विषयहरुको सम्बन्धमा जेसीजमा प्रशिक्षण उपलब्ध गराईन्छ खड्काले भने।

हाल नेपालको मेचि देखि महाकाली सम्म यसका १७४वटा शाखाहरु रहेका छन । नेपाल जेसीजको मुख्य कार्यालय काठमाडौं थापाथलीमा अवस्थित छ । यसको आफनै भवन तथा जग्गा छ । नेपाल जेसीजको प्रथम राष्ट्रिय महाधिवेशन सन् १९७४ मा काठमाडौंमा भएको थियो।
दाेलखा शाखाकाे प्रथम बार्षिक साधरण सभाले अर्जुन दहाल (अपवाद)काे अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएकाे छ।कार्यकारी उपाध्यक्ष भीम बहादुर खड्‌का,कार्यकारी उपाध्यक्ष जगदिश कार्की,कानूनी सल्लाहकार सञ्जिव पाण्डे,महासचिव तेजराम अधिकारी, कोषाध्यक्ष भरत बस्नेत. सहसचिव साजन कुमार तमाड,सह कोषाध्यक्ष पुष्पराज शिवाकोटी,उपाध्यक्ष सुरेश थापा, उपाध्यक्ष प्रविण कुमार खतिवडा, उपाध्यक्ष चन्द्रकला ठकुरी ,उपाध्यक्ष कुमार खतिवडा,उपाध्यक्ष दामोदर जोशी रहेका छन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *