विद्यालयकाे ३७ औं स्थापना दिवस तथाअभिभावक भेलामा विद्यालय प्रशासनकाे तारिफ,शैक्षिक अबस्थामा सुधार

 पब्लिक संवाददाता      शुक्रबार, पुस १५, २०७९      0

राजन बस्नेत

दाेलखा १५ पुस ।दाेलखा सदरमुकाम चरिकोट स्थित पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकाे ३७ औं स्थापना दिवस,अभिभावक भेला भव्यताका साथ समपन्न भएकाे छ ।
अार्थिक पारदर्शिता र कुशल विद्यालय प्रशासनकाे कारण बिगतकाे समय भन्दा बर्तमान पशुपति कन्या मन्दिर माध्यमिक विद्यालय शैक्षिक अबस्थामा सुधार अाएकाे प्रधानाध्यापक गाेविन्द नारायण मानन्धरले प्रस्तुत गरेकाे तथ्यांकअनुसार अनुमान गरिएकाेछ ।साे तथ्यांककाे अभिभावक र अतिथिबनट तारिफ गरिएकाेछ । शैक्षिक र सिकाई उपलब्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेकमा
३७ औं स्थापना दिवस तथाअभिभावक भेलाका अधिकांस बक्ताले प्रधानाध्यापक गाेविन्द नारायण मानन्धरकाे कार्यकुशलता तारिफ गरेका छन ।
बिगतका प्रधानाध्यापकले बिद्यालयकाे अार्थिक अबस्था नाजुक बनाएकाेमा अहिले बिद्यालय अार्थिकरूपमा धेरै मजवुत भएकाे छ।बालकृष्ण शर्मा र पुष्कर नाथ पाेखेलका पालाका २०/२५ लाख ऋणतिर विद्यालयकाे अार्थिक अबस्थामा मजबुत बनाउनु विद्यालय प्रशासनकाे उल्लेखनीय काम भएकाे अभिभावहरूकाे भनाइ रहेको छ ।

प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले देशमै न्यून संख्यामा रहेकाे छात्रा बिद्यालयकाे गरिमा जाेगाउन शिक्षक ,अभिभावक र बिद्यालय प्रशासन अहाेरात्र खटी रहेकाेमा धन्यवाद दिएकाछन ।अागामी दिनमा समयसापेक्ष नेपाली शैक्षिक बजारकाे माग अनुसार बिग्कने शैक्षिक जनशक्ति उत्पादन गर्न जस्तो सुकै सहयोग गर्न भिमेश्व नगरपालिका तयार रहेकाे मेयरले वचन दिए । प्राविधिक शिक्षाका लागि पढाउन तयार हुने नगरका बिद्यालयहरूलाई अार्थिक भाैतिकरूपमा सहयाेग गर्ने प्रतिबध्ता मानन्धर जाहेर गरे ।

भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरकाे प्रमुख आतिथ्यता प्राेपाईटर राेशन बुढाथोकीले बिद्यालय ब्यबस्थापन समितिका सदस्य संजय तमाङलाई नव निर्मित भवनकाे साेहि साँचाे हस्तान्तरण गरेकाछन ।

सुन्दर र मजवुत भवन निमार्ण गरेकाेमा निर्माण टिम रहेकाे मजदुर,सव ईन्जिनियर ,ईन्जिनियर र ठेकदारलाई मेयर मानन्धरले धन्यवाद दिईदै तारिफ गरेकाछन।

जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जिल्लाकाे एक मात्र छात्रा बिद्यालयले शैक्षिक रूपमन उत्कृष्ट कनम गरेकाे बताए।उनले भने ADB काे ऋण सहयाेग र नेपाल सरकारकाे संयुक्त लगानीमा DRSP प्राेजेक्ट अन्तर्गतकाे याे भवन निर्माण उत्कृष्ट नमुना याेग्य काम भएकाे छ।

ADB काे ऋण सहयाेग र नेपाल सरकारकाे संयुक्त लगानीमा DRSP प्राेजेक्ट अन्तर्गत २०७२ बैशाख १२ र २९ गतेकाे बिनाशकारि भुकम्पबाट क्षति ग्रस्त दाेलखा जिल्लाकाे चरिकोटमा अबस्थित पशुपति कन्या मन्दिर मा.वि. काे नवनिर्मित 3 COM 9 काे भबन समुद्घघाटन तथा हस्तान्तरण प्राेपाईटर राेहित बुढाथोकीले बताए ।

पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकाे ३७ औं स्थापना दिवस,अभिभावक भेलालाई भिमेश्वर नगर पालिकाका शिक्षा शाखा प्रमुख अर्जुन कार्की,शिक्षा पत्रकार नबराज शिवाकोटी ,समाजसेवी नारायण कृष्ण श्रेष्ठ ,प्रधानाध्यापक गाेविन्द नारायण मानन्धर ,कालिञ्चाेक माविका प्रधानाध्यापक नबराज न्याैपाने,नेपाल शिक्षक संघकी पूर्व केन्द्रीय सदस्य गिता शिवाकोटीले सम्बाेधन गरेका थिए।
कार्यक्रममा पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका अभिभावक र बिद्यार्थीकाे बाक्लो उपस्थिति रहेकाे थियोे ।
विद्यालयले विभिन्न बिधामा प्रथम दितिय तृतीय हुने छात्रहरूलाई पुरस्कार बितरण गरेकाे छ । समाजसेवी हरूले अक्षयकाेष बनाई दिएकाे रकमबाट २० /२५ जना बिद्यार्थीलाई छात्रवृत्ति समेत बिद्यालयले बितरण गरेकाे छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *