दाेलखा १५ पुस ।दाेलखा सदरमुकाम चरिकोट स्थित पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयमा एशियाली बैक (एडिबि)काे लगानी नाै काेठे विद्यालय र दुई काेठे शाैचालय भवन निर्माण सम्पन्न भएकाे छ ।
भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरकाे प्रमुख आतिथ्यता प्राेपाईटर राेहित बुढाथोकीले बिद्यालय ब्यबस्थापन समितिका सदस्य संजय तमाङलाई नव निर्मित भवनकाे साँचाे हस्तान्तरण गरेकाछन ।
सुन्दर र मजवुत भवन निमार्ण गरेकाेमा निर्माण टिम रहेकाे मजदुर,सव ईन्जिनियर ,ईन्जिनियर र ठेकदारलाई मेयर मानन्धरले धन्यवाद दिईदै तारिफ गरेकाछन।
एशियाली बैक (एडिबि)काे करिब ५ कराेडकाे लागनीमा निर्माण भएका दुई काेठे शाैचालय सहितको नाै काेठे बिद्यालय अाैपचारिक रूपमा हस्तान्तरण गरिएको सभमा प्रमुख ईन्जिनियर अनुप राज ढुङ्गाना ले बालबालिका का लागि कम्प्युटर कक्ष,ल्याप कक्ष,एकाउण्ट कक्ष,बालमैत्रि,अपांग मैत्री कक्षाहरू निर्माण गरेकाे बताएका छन ।
एशियाली बैक (एडिबि)कै एक कराेड ७२ लाखकाे लगानी थप चार काेठे भवनकाे रेक्टाेफिटिङ गरिरहेकाे र दुई महिना पछि काम पूरा भई हस्तान्तरण गर्ने याेजनामा रहेकाे ढुङ्गानाले जानकारी दिए ।
ADB काे ऋण सहयाेग र नेपाल सरकारकाे संयुक्त लगानीमा DRSP प्राेजेक्ट अन्तर्गत २०७२ बैशाख १२ र २९ गतेकाे बिनाशकारि भुकम्पबाट क्षति ग्रस्त दाेलखा जिल्लाकाे चरिकोटमा अबस्थित पशुपति कन्या मन्दिर मा.वि. काे नवनिर्मित 3 COM 9 काे भबन समुद्घघाटन तथा हस्तान्तरण प्राेपाईटर राेहित बुढाथोकीले बताए ।केही समय ढिला भएपनि कनम उत्कृष्ट चित बुझ्दाे भएकाे जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख शंकरबाबु श्रेष्ठले बताए।उनले भने ADB काे ऋण सहयाेग र नेपाल सरकारकाे संयुक्त लगानीमा DRSP प्राेजेक्ट अन्तर्गतकाे याे उत्कृष्ट नमुना याेग्य काम हाे ।
हस्तान्तरण समारोहमा भिमेश्वर नगर पालिकाका शिक्षा शाखा प्रमुख अर्जुन कार्की,शिक्षा पत्रकार नबराज शिवाकोटी ,समाजसेवी नारायण कृष्ण श्रेष्ठ ,प्रधानाध्यापक गाेविन्द नारायण मानन्धर ,कालिञ्चाेक माविका प्रधानाध्यापक नबराज न्याैपाने,नेपाल शिक्षक संघकी पूर्व केन्द्रीय सदस्य गिता शिवाकोटी काे उपस्थिति रहेकाे थियाे ।साेही कार्यक्रममा पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका अभिभावक र बिद्यार्थीकाे बाक्लो उपस्थिति रहेकाे थियोे ।
Leave a Reply