सडक निर्माणमा खटिएका मजदुर भिरबाट खसेर बेपत्ता

 पब्लिक संवाददाता      सोमवार, पुस ४, २०७९      0

दाेलखा ४ पुस।
दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरमा भिरबाट खसेर एक पुरुष बेपत्ता भएका छन्। बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट खसेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कैलालीको घोडाघोडी नगरपालिका– ५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएका हुन्। घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए।

नासा हाइड्रोले निर्माण गरिरहेको लामाबगर लप्ची सडकखण्डमा कार्यरत उनी सोमबार बिहान अन्दाजी ११ बजेतिर भिरबाट खसेका थिए। जिल्ला प्रहरी कार्यालय दाेलखा प्रमुख डिएसपी गंगा प्रसाद पाैड्यालले उनको खोजी कार्य भैरहे पनि अहिलेसम्म पत्ता लाग्न नसकेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *