दाेलखा २ पुस।
दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माध्यमिक विद्यालयले ५२औँ वर्षगाँठ मनाएको छ । विसं २०२८ मा स्थापना भएको बिद्यालयले आज ५२ औँ वार्षिक दिवस भव्य रुपमा मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले समारोहको उद्घाटन गर्दै दाेलख जिल्ला काे शिक्षा क्षेत्रमा कालिञ्चाेक माध्यमिक बिद्यालयले अभिभावककाे भुमिका निर्वाह गरेकाे बताइन । उनले भनिन् भिमेश्वरले शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेको छ। नगरपालिकाले दिवा खाजा, निशुल्क पोसाक र बिद्यार्थीलाई खेलमा आबद्ध गराउन विभिन्न प्रतियोगिता आयोजना गर्दै अाएकाे उप प्रमुखले स्पष्ट पारिन्।
भीमेश्वर नगरपालिका बालमैत्रीको रुपमा घोषणा भैसकेको नगरपालिका भएकाले पनि बालबालिकाको शिक्षा र स्वास्थ्यमा जिम्मेवारीपुर्ण ढंगले नगरपालिका अघि बढेकोबस्नेतले दावी गरिन ।
विद्यालयका सहायक प्रधानाध्यापक शम्भु गाैतमलेले स्वागत मनतव्य राखेका थिए भने प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक न्यौपानेले विभिन्न शिर्षकबाट ४ करोड २६ लाख आम्दानी गरेको बताए । यो विद्यालय नमुना विद्यालयका लागि छनौटमा परी नमुना काम गरिरहेकाले छिटै कालिञ्चाेक नमुना माध्यमिक विद्यालय नाम राख्ने प्रक्रियामा रहेकोले उल्लेख गर्दै उनले शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीलाई नमुना विद्यालय बनाउन सहयोग गरेकाे बताए ।
न्याैपानेले विद्यालयमा आर्थिक पारदर्शी भएका कारण अाम्दानि गर्न सफल भएकाे दाबि गरे।
कार्यक्रममा चरिकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णबहादुर गौतम, कुटीडाँडा माविका प्रधानाध्यापक शंकरलाल श्रेष्ठ, पशुपति कन्या मन्दिर माविका प्रधानाध्यापक गाेविन्द नारायण मानन्धर ,पुर्व साे्त व्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटी , विद्यार्थी प्रतिनिधि राकेश दास लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी कालिन्चोक माविमा अध्ययन गर्ने दृष्टिबिहीन र भीमेश्वर बहिरा विद्यालयमा अध्ययन गर्ने १९ जना सुस्तश्रवण विद्यार्थीहरुलाई राजेन्द्रलक्ष्मी खरेल शिवोकोटी दृष्टिबिहीन तथा सुस्तश्रवण विद्यार्थी सशक्तीकरण अक्षयकोषबाट जनही एक हजार रुैपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी गत वर्ष एसईई परीक्षामा सवोत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई प्रचार्य पुरस्कारबाट सम्मान गरिएको छ ।१५ बर्ष भन्दा बढि सेवा गर्ने १८ शिक्षक र २ जना बिद्यालय कर्मचारी लाई अभिभावक दिवसको अबसरमा सम्मान गरिएको छ।
Leave a Reply