
दीपशंकर चाैलागाई
दाेलखा २ पुस।
बिद्यार्थीलाई विज्ञान प्राविधिकाे क्षेत्रमा खाेज अनुसन्धान गर्न प्राेत्साहन गराउने उदेश्यले सदरमुकाम चरिकोटमा शिक्षा विकास तथा समन्वय ईकाईले माध्यमिक विद्यालय स्तरीय विज्ञान सामाग्री प्रर्दशनी प्रतियाेगिता गराएकाेछ ।
विज्ञान र प्रविधिमा लगानी बिस्तार, समुन्नति र समृद्धिकाे अाधार भन्ने मुलनाराका साथ अायाेजित विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रममा जिल्लाका नाै वटै पालिकाका उत्कृष्ट विद्यालयहरूकाे सहभागीता रहेकाे छ ।
अन्य राष्ट्रकाे तुलनामा विज्ञान प्रविधिमा नेपाल पछि परेको कारणा बागमती प्रदेश सरकारकाे अार्थिक लगानीमा बिद्यालय स्तरमै बिद्यार्थीमा बैज्ञानिक संस्कारको विकास हाेस भन्ने उदेश्यले जिल्ला स्तरमा यस्ता कार्यक्रम गर्दै अाएकाे शिक्षा विकास समन्वय ईकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए ।
बिद्यार्थी लाई विज्ञान प्राविधिकाे क्षेत्रमा खाेज अनुसन्धान गर्न प्राेत्साहन गर्न सरकारले विज्ञान मैत्रि कार्यक्रम ल्याईकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बर्जुराम घतानीले प्रष्ट पारे।
जिल्लाका नाै पालिकाका नाै वटा उत्कृष्ट बिद्यालय का बालबालिकाले अाफुले उत्पादन गरेका विज्ञान सामाग्री प्रतिस्पर्दा मा प्रर्दशन गरेका थियोे ।जिल्ला स्तरीय प्रतीस्प्रधामा मेलुङ गाउँपालिकाकाे श्री त्रिभुवन माध्यमिक विद्यालय प्रथम,भिमेश्वर नगरपालिकाकाे श्री माेडन बाेडिङ स्कुल चरिकोट दितिय ,बैत्यश्वर गाउँपालिकाकाे हनुमन्तेश्वर माध्यमिक विद्यालय तृतिय र बिगु गाउ पालिकाकाे शान्ति अादर्श माध्यामिक विद्यालयले सन्तवाना स्थान प्राप्त गरेका छन ।
देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि – विज्ञान तथा प्रविधिलाई सशक्त माध्यम मानिएको भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले भने’ सामाजिक रुपान्तरण र भौतिक विकासका लागि विज्ञानको प्रयोग नै किन आवश्यक छ,यस महत्वलाई विकसित राष्ट्रहरुले उच्च प्राथमिकताका साथ आत्मसात गरिरहेका छन् भने नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुले विज्ञानको क्षेत्रमा विकास गर्नका लागि प्रदेश सरकनरले आफ्ना प्रयासहरु गरिरहेकाे छ।´
विज्ञान तथा प्रविधिको महत्वलाई उजागर गरी यसको भूमिकालाई आत्मसात गर्दै नेपाल सरकारले वैज्ञानिक तथा प्राविधिक समुदायबाट प्राप्त सुझाव समेतका आधारमा राष्ट्रिय विज्ञान दिवस मनाउने लागेकाे हाे दाेलखाका प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडाले भने सबैका लागियाे सुखद अवसर हो ।
वर्तमान समयमा विज्ञान तथा प्रविधिको क्षेत्रमा अधिक संख्यामा जनशक्ति उत्पादन भएको अवस्था छ । लोकतन्त्रको पुनस्र्थापना पश्चात् राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रमका माध्यमबाट देशभित्र विज्ञान विषयका थुप्रै कलेजहरु स्थापना र सञ्चालन भइआएका छन् । चिकित्साशास्त्र र ईञ्जिनियरिङ्ग विषयमा नेपालमा अन्तराष्ट्रिय स्तरमा नै प्रतिष्ठित अध्ययन संस्थानहरु सञ्चालित छन्।
Leave a Reply