दीपशंकर चाैलागाई
दाेलखा ४ मंसिर
हिमाली जिल्ला दाेलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन्न शान्तिपुर्ण सम्पन्न भएको छ ।
जिल्लाका ९४ वटै मतदान केन्द्रमा स्वच्छ,मर्यादित,भयरहित र शान्तिपुर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठ जानकारी दिए ।
दाेलखा जिल्लामा करिब ५४% मतदान भएको प्रारम्भिक बिबरणअाएकने छ। १लाख ६१हजार मा ८७ हजार १ सय ५५ मत खसेकाे छ। मतपेतिका ढुवानी तिब्र रूपमा भई रहेकाे छ।
सदरमुकाम नजिकै पर्ने मतदान केन्द्रहरुबाट मतपेटिका आई सकेको छन।
दोलखाको आधा दर्जनभन्दा बढी स्थानमा तनाव सिर्जना हुँदा २६ राउन्ड हवाई फायर भएको छ भने एक जना घाइते भएका छन् ।मतदानका क्रममा आधा दर्जन भन्दा बढी स्थानमा झडप र विवाद हुँदा स्थितिलाई नियन्त्रण लिन प्रहरीले २६ राउन्ड हवाई फायर गरेको दोलखाका प्रहरी नायव उपरिक्षक (डीएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिएका थिए। बैतेश्वर गाउँपालिका २ पुतलीकाठ र गौरीशंकर गाउँपालिका-२ स्थित मतदान केन्द्रमा स्थगित भएको मतदान र केही समय पछि सुचारु भएकाे थियाे।
बैतेश्वर २ मा हवाई फायर हुँदा वडा नम्बर १ मा पनि तनाव भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ र १ मा प्रहरीले गोली चलाएको छ जिरी नगरपालिका – ९ मा पनि गोली चलेको छ । तामाकोशी गाउँपालिका ३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १७ राउन्ड फायर गर्नुपरेको प्रहरीले जनाएको छ । कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताका बीच झडप भएको छ झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् झडपको क्रममा ब्यालेट बक्स फुटाउन खोजिएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
जिरी नगरपालिकाको वडा नम्बर ९ चिपचिपे, मेलुङको वडा नम्बर ४ भेड्पु, बैतेश्वरको नाम्दु र तामाकोशीको मालु लगायतका स्थानमा पनि तनाव सिर्जना भएको थियो
Leave a Reply