बिश्व आत्माहत्या राेकथाम दिवसमा जनचेतनामूलक प्रभातफेरि सहित अन्तरक्रिया कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय दाेलखा

 पब्लिक संवाददाता      आइतवार, अशोज २, २०७९      0

दीपशंकर चाैलागाई
दाेलखा २ असाेज।बिश्व आत्माहत्या राेकथाम दिवसकाे अबसरमा जिल्ला प्रहरी कार्यालय दाेलखाले सदरमुकाम चरिकोटकाे सातदोबाटोमा जनचेतनामूलक प्रभातफेरि सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय दाेलखाले नागरिकमा जनचेतना जागृत गराउदै आत्माहत्याको कारणहरु पहिचान गरि समाजले रोकथाममा ठुलो भूमिका खेल्न सक्ने भन्ने विश्वास जगाउनभावना सफल देखिन्छ । मानसिक रोग सम्बन्धी नकारात्मक सोचलाई परिवर्तन गरी पीड़ितलाई साहेयता प्रदान गर्न जिल्ला प्रहरी कार्यालय दाेलखाले नागरिकमा उत्प्रेणा जागृत गराएको हाे।

प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडाले बिगतका बर्षहरूमा भन्दा दिनप्रती अात्माहत्या गर्ने काे संख्यामा बृध्दी भएकाेले मानसिक समस्या बाट ग्रसित नागरिकको पहिचान गरि उनीहरूलाई थप काउन्सेलीङ गर्न अनुराेध गर्नुभएकाे छ ।

पछिल्लो समयमा साथिभाई वा घरका आफन्तबाट आत्मा
हत्या भएको र गम्भीर तनाब प्रतिक्रिया र आशाबिहीन हुने हरूले अात्माहत्या गरेकाे प्रहरीले तथ्यांक सार्वजनिक गरेकाे बताउदै प्रजिअ खतिवडाले भन्नुभयाेबिगतमा पनि आत्मा हत्याको प्रयास गरेका,अत्याधिक,औसधी सेवन गरेका, गरिबी, बेराजगारी, एक्लै बस्ने, लागु औषधको सेवन र सम्बन्ध बिच्छेद जस्ता कारणले दिनानुदिन संख्या बढेकाे छ ।
सरकारी वकिल कार्यालय दाेलखा प्रमुख प्रकाश मरासिनीले
 विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बालबालिका , युवाहरूको मानसिक स्वास्थ्यका सवालमा रोकथाम, थेरापी, उपचार तथा पुनर्स्थापनामा योगदान गर्दै यसलाई पनि मुलधारको स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण हिस्साको रूपमा सुनिश्चित गर्ने कार्यमा सहयोग पुर्याउन सरकार तथा विकास साझेदारहरू, नागरिक समाज, समुदाय र परिवारलाई आग्रह गरेको छ। 

नेपालमा पहिले देखि नै आत्महत्याको दर निकै बढि भएकोमा यो महामारीले यो अवस्थालाइ अझ खराव बनाएको छ । दाेलखाका प्रहरी प्रमुख डिएसपी गंगाप्रसाद पाैड्यालका अनुसार, गत वर्षको तुलनामा यस वर्षको आत्महत्या गर्ने संख्यामा बृध्दीभएकाे छ। महिला भन्दा पुरूषकाे संख्या बढी रहेको डिएसपी पाैड्याले जानकारी दिनुभयो ।
१५ बर्ष देखि ४९ बर्ष सम्म भित्र का नागरिक हरूले अात्माहत्या गरेकाे प्रहरीको अभिलेखमा उल्लेख गरिएको छ ।  युवाहरूमा आत्महत्याको संख्या बढिरहँदा सरकारले मानसिक राेगलाई उपेक्षा गरेकाे नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाईले अाराेप लगाउनु भयाे । युवाहरूका लागि सहायता सेवाहरू विस्तार गर्नुका साथै मानसिक स्वास्थ्यको विषयमा रहेका सामाजिक अभियान संचालन गर्न अाबश्यक रहेकाे छ,अध्यक्ष चाैलागाईले भन्नुभयो “मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि देखि नै शुरू हुन्छ र अहिले आत्महत्या नेपाली युवाहरूको मृत्युको प्रमुख कारणमध्ये पर्दछ”,  ।
दाेलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले सामाजिक चेतना र मनोसामाजिक तनावको बारेमा बुझाईमा सुधार गर्दै एकीकृत मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउनको लागि सामुहिक रूपमा काम अगाडि बढाउनु पर्ने बताउनुभयो ।
।  कमजोर मानसिक स्वास्थ्य भएका बालबालिकाका परिवारहरूको लागि समयमै सहायता गर्न सकेनौं भने जिल्लाले नै यसको नराम्रो मूल्य चुकाउनुपर्ने देखिन्छ ” श्रेष्ठले भन्नुभयाे ।

अत्यधिक तनाव वा चिन्ता महसुस भएमा पैसा नलाग्ने फोन नम्बर १६६००१०२००५ मा बिहान ८ देखि साँझ ६ बजेसम्म  सम्पर्क गरि मनोसामाजिक परामर्शदाताहरूसंग कुराकानी गरि सहयोगको लागि अनुरोध गर्न सक्ने अबस्था सरकारले ब्यबस्थापन गरेकाे कार्यक्रमका अध्यक्ष एवम डिएसपी पाैड्याले जानकारी दिनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *