पब्लिक समाचारदाता
दाेलखा १ असाेज । भीमेश्वर नगरपालिका भित्र युएसएआईडी, सुआहारा संस्थाका कार्यक्रमकाे कारण स्वास्थ्य तथा पोषण क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुगेको छ। दिगो विकास लक्ष्य पूरा गर्न सुआहारा–२ कार्यक्रमले सहयोग पुगेको भिमेश्वर नगरपालिकाले जनाएको छ ।
दिगो विकास लक्ष्यमा सन् २०३० सम्ममा नेपालमा पूर्णरुपमा स्तनपान गर्ने बालबालिकाको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख श्याम खड्का भन्छन तीन बर्षअघि बालमैत्री नगर घोषणा गरिएको भएपनि पूर्ण स्तनपान गर्ने बालबालिकाको संख्या कम देखिएको छ ।
उनले नगरपालिकामा जन्मेको ६ महिनासम्म पूर्णरुपमा स्तनपान गर्ने बालबालिकाको संख्या ४० प्रतिशत रहेको जानकारी दिए।खड्का भन्छन् युएसएआईडी, सुआहारा, ग्रामीण विकास टुकी संघका कारण स्वास्थ्य तथा पोषण क्षेत्रमा सहयोग पुगेकाे छ ।
भिमेश्वर नगरपालिकाका उप प्रमुख कमल बस्नेतकाे प्रमुख अतिथिमा भएकाे स्वास्थ्य तथा पोषण गाेष्ठीमा सुआहारा कार्यक्रम दोलखाका संयोजक लबहरी बुढाथोकीले भीमेश्वर नगरपालिकामा संस्थाले खेलेकाे भुमिका र कार्यसफलताकाे कार्यपत्र सार्वजनिक गरेका छन । सुआहारा -२ कार्यक्रम नगरकाे स्वास्थ्य क्षेत्रमा काेशेढुङ्गा सावित भएको कार्यक्रमका प्रमुख अतिथि कमला बस्नेत लगायत गाेष्ठीका अधिकांश सहभागीले बताएकाछन।
गाेष्ठीकाे अध्यक्षता मेयर ईश्वरनारायण मानन्धरले गरेका थिए।
Leave a Reply