लामाकाे कारण दाेलखा कांग्रेसकाे शिर उच्च हुँदै

 पब्लिक संवाददाता      शनिबार, अशोज १, २०७९      0


गाउँ नै गाउँ भएको र विभिन्न जातजाति बस्ने भएकाले दाेलखाका ग्रामीण भेगका जनताका लागि लक्षित गरिएको विकास साँचो अर्थमा विकास हुन्छ भन्दै नेपाली कांग्रेसले गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अाफ्ना याेजना र कार्यक्रम बनाउँदा जनताको भावना, चाहना र आवश्यकतालाई लक्षित बनाइ योजना निर्माणको लक्ष्य बनाउन निर्देशित गर्दै अाएकाे छ । सहरको विकासमा मात्र जोड दिँदा वास्तविक समाजवाद आएको मानिँदैन र त्यसलाई विकास पनि मानिँदैन भन्ने कांग्रेस दाेलखाका नेता लामाले सार्वजनिक सभाहरूमा बताउदै आएका छन् । दाेलखा कांग्रेसकाे राजनैतिक इतिहासमा युगान्तकारी परिवर्तनका संवाहक लामाले विकास र समृद्धिका लागि बालबालिका, युवा, महिला र ज्येष्ठ नागरिक सबैको अधिकारको सुनिश्चितता गराउने अभियान संचालन गराउन गुरूयाेजना अगाडि सारेका छन् ।

पार्टी सञ्चालनको सन्दर्भमा सिद्धान्त आत्मा हो भने संगठन शरिर अनि नेतृत्व मस्तिष्क हो । नेतृत्वको चयन एजेण्डाको आधारमा हुनुपर्दछ । पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका कोर्नुको साथै नीति र विधिमा पार्टी चलाउनुपर्दछ । शिथिल नेतृत्व र यथास्थितिवादी सोच बोक्नेले नेतृत्व गरेमा संगठनमा कहिल्यै गतिशीलता आउन सक्दैन । त्यसैले नीति एकातर्फ नेतृत्व अर्कोतर्फ हुँदा तालमेल हुन सक्दैन । त्यसैले नीति, नेता र नेतृत्वबीच अत्यन्तै तालमेल हुनुपर्दछ । अब प्रदेश र संघीय निर्वाचन नजिकिंदै छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसलाई जिताएर दोलखामा नेपाली काँग्रेसको गर्वीलो इतिहास रच्ने जिम्मेवारी लामाको काँधमा छ । त्यसैले इतिहासलाई सम्मान गर्दै भविष्यकोलागि नयाँ इतिहास रच्ने लामाको उद्देश्यमा आम कार्यकर्ता र सम्पूर्ण होनहार दाेलखाली कांग्रेस एकजुट हुन जरुरी छ । विगतमा पटकपटक कम्युनिष्टहरुलाई जिताएर दु:ख पाएको कुरालाई सम्झेर आम दोलखालीले नेपाली कांग्रेसलाई जिताउनु पर्नेछ । त्यसका लागि विना स्वार्थ पार्टी र समाजप्रती क्रियाशील पंक्तिले फेरि एउटा नयाँ जोश, जाँगर, सोच, शैली र नयाँ बाटो पहिल्याएर अगाडि बढ्न जरुरी छ ।

उच्च बौद्धिक क्षमता भएको, राष्ट्रिय जनजीवनलाई बुझेको, राष्ट्रिय संस्कार र संस्कृतिलाई आत्मसात् गरेको पार्टी नेपाली काँग्रेस कमजोर हुँदा आफू मात्र होइन सिङ्गो देश र जनता कमजोर हुन्छ्न ।नेपाली राजनीतिका आर्दश पुरूष ,नेपाली कांग्रेसका उज्ज्वल नक्षेत्र भिमबहादुर तमाङले काेहाेरेकाे बाटाेलाई अंगाल्दै पार्टी संगठनलाई अगाडि बढाए सफलताकाे शिखर चुम्न सकिन्छ। नेपाली कांग्रेसलाई नै मुलुकमा ठुलो र पहिलो पार्टी बनाउन पुन: जनस्तर सम्म पुग्न आवश्यक देखिन्छ । नेपालको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेसको मुल अभिष्ट हो l राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ अडान र निरन्तर सांगठनिक अभियानमा दाेलखा कांग्रेसकाे सदैब मुलमन्त्र बन्न आवश्यक छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *