सुचना माग्दा , दिंदा,यसकाे कानुनी प्रबधानका सवालमा धेरै ज्ञान दिएकाले राष्ट्रिय सुचना आयाेगले राखेको अन्तरकृया कार्यक्रम काेशेढुङ्गा सावित भएकाेछ :प्रमुख जिल्ला अधिकारी खतिवडा

 पब्लिक संवाददाता      शुक्रबार, भदौ ३१, २०७९      0

दाेलखा ३१ भदौ । राष्ट्रिय सुचना अायाेगले दाेलखा सदरमुकाम चरिकोटमा पालिका जनप्रतिनिधि ,सुचना अधिकृत र सम्पूर्ण कार्यालयका सुचना अधिकारी उपस्थिति गराई सूचनाको हकसम्बन्धी एक दिवसीय अन्तरक्रिया सम्पन्न गरेकाे छ।
राष्ट्रिय सुचना आयाेगका आयुत रत्नप्रसाद मैनाली र सुचना विभागका सचिव दिवस आर्चायले सूचनाको हकसम्बन्धी सैद्धान्तिक आधार, उद्देश्य, सिद्धान्त,प्रवाह नगरिने सूचनाहरु, सूचनाको हकको संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको व्यवस्था र काम कर्तव्य, उजुरी र पुनरावेदनका विषयमा राष्ट्रिय सूचना आयोग र सजाँय र क्षतिपूर्ति,सूचनाको हक कार्यान्वयनमा राष्ट्रिय सूचना आयोग, सूचनाको हकका अवसर तथा चूनौतिहरु ले प्रशिक्षण दिनुभएकाे छ।
नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यव्था र अन्तराष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने , अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सुचना प्रवाह नगर्न उहाँहरूले प्रशिक्षण दिनुभएको छ।
आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा वौद्धिक सम्पतिको संरक्षण वा व्यापारिक गोपनियतामा गम्भिर आघात पार्ने ।
विभिन्न जातजाती वा सम्प्रदाय वीचको सुसम्बन्धमा प्रत्यक्ष रुपमा खलल पार्ने , व्यक्तिगत गोपनियता र व्यक्तिको जीउ, ज्यान, सम्पति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्याउने सुचना प्रवाह गर्नु नहुने अायुत मैनालीले बताउनुभयो ।
मैनालीले भन्नुभयो सबै सार्वजनिक निकायले सूचनाको हकको सम्मान र संरक्षण गर्नु पर्दछ । सूचनाको वर्गीकरण र अध्यावधी गरी सार्वजनिक प्रकाशन तथा प्रसारण गरी राख्नु पर्ने,सूचनामा नागरिकको पहुंच सरल र सहज बनाउनु पर्ने आफ्नो निकायको काम कारवाही पारदर्शी रुपमा राख्नु पर्दछ मैनाली प्रष्ट पार्नु भयाे।
सुचना अायाेगकाे सचिव अाचार्य भन्छन कुनै निकायका प्रमुख वा सुचना अधिकारीले सूचना नदिएमा निजलाई आयोगले रु १ हजारदेखी २५ हजार सम्म जरिवाना गरी विभागीय कार्वाहीको लागि लेखि पठाउन सक्ने, निकाय प्रमुख वा सुचना अधिकारीले समयमा दिनु पर्ने सूचना विना कारण नदिइ ढिलाइ गरेँमा प्रतिदिन रु२०० का दरले जरिवाना गर्ने,विभागीय कार्वाहीका लागि लेखिआएकोमा ३ महिना भित्र कार्वाही गरी सोको जानकारी आयोगलाई दिनु पर्ने,कसैले सूचनाको दुरुपयोग गरेमा त्यस्तो व्यक्तिलाई ५ हजार देखि २५ हजार सम्म जरिवाना गर्न सक्ने रहेकाे छ।
सुचनाकाे हक सम्बन्धि अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि बर्जुराम घतानी ले भिमेश्वर नगरपालिकाका मेयरले पत्रकारकाे कलमकाे टुंडाे माेटाे भएर दाँयाबाँया भएकाे यदि सहि हाे भने सुधारेर अघि बढ्न उनले अपिल गरेकाछन ।घतानीले राष्ट्रिय सुचना अायाेगले पालिका जनप्रतिनिधि ,सुचना अधिकृत र सम्पूर्ण कार्यालयका सुचना अधिकारी उपस्थिति गराई सूचनाको हकसम्बन्धी प्रशिक्षित गराईकाे धन्यवाद समेत दिनुभयाे ।
भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी ,स्थानीय तहका नेताहरूलाई नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यव्था र अन्तराष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने सुचना प्रवाह नगर्ने र अन्य सुचना सहजरूपमा नागरिक माझ सार्वजनिक गर्न सुसूचित गराएकोमा राष्ट्रिय सुचनाअायाेगलाई धन्यवाद दिनुभएकाेछ।
मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थाेकरले सुचनाकाे हक सम्बन्धि बढी भन्दा बढि काम गर्ने पनि स्थानीय तह,उजुरी पर्ने पनि स्थानीय तहमै ,कार्वाही पनि स्थानीय तहकै कर्मचारीहरूलाई याे अबस्थामा देशमा बिधद्धवान रहेको बताउनुभयो ।
सुचना माग्दा ,सुचना दिंदा,यसकाे कानुनी प्रबधानका सवालमा राष्ट्रिय सुचना अायाेगले राखेको अन्तरकृया कार्यक्रम काेशेढुङ्गा सावित भएकाे प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडा दाबि गर्नुभएकोछ ।
राष्ट्रिय सुचना अायुत रत्न प्रसाद मैनालीले अध्यक्षता सम्पन्न अन्तरकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाई, तामाकोसी गाउँ पालिका सुचना अधिकृत पवन फुयाल लगायतले अाफ्नाे विचार राखेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *