दाेलखा २७ भदौ । भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका एक पुरुषले आफ्नै श्रीमतिको हत्या गरेको खुलेको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थायी घर भई ललितपुरमा बस्दै आएका ६३ वर्षिय घ्याल्मो लामाले आफ्नै श्रीमतिको हत्या गरेको खुलेको हो । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित फुलचोकी जंगलमा आज ४७ वर्षिया रुपा क्षेत्रीको शव फेला परेको थियो ।
ललितपुर महानगरपालिका २९ स्थित हरिसिद्धि बस्दै आएकी क्षेत्रीको हत्यामा उनकै श्रीमानलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले आज पत्रकार सम्मेलन गरी रुपालाई उनकै पति घ्याल्मो लामाले हत्या गरेर जंगलमा फालेको जानकारी दिए । काठमाडौं उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जिविकोपार्जन गर्दै आएका लामाले पत्नीलाई योजनाबद्ध तवरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दैनिक मदिरा सेवन गरी झगडा गरेर हैरानी दिएकाले आफुले नै श्रीमतिको हत्या गरेको पक्राउ परेका आरोपितले प्रहरी समक्ष बयान दिएका छन् । सभार हाम्रोअपडेटबाट
Leave a Reply