राजन बस्नेत
दाेलखा २१ भदौ ।आन्दोलन लाई नियन्त्रण ल्याउन सर्वसाधारण नागरिक माथि अन्धाधुन्ध लाठी र बुट बझार्ने प्रहरी कमान्डर लाई कार्वाही नगरे प्रहरी दमन बिरूध्द शसक्त आन्दोलन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाले चेतावनी दिएको छ।
हाम्रा साथिहरू राष्ट्रघाती बिदेशी दलाल गठबन्धन सरकारले देशमा गरेकाे भ्रष्टाचार, लुटतन्त्र, मुल्यबृद्धि, राष्ट्रघाति नागरिकता विद्ययक लगाएतकाे बिराेधमा राँके बाेकि रहेका थिए ,राँकाे खाेस्न छाेडेर एक्कासी प्रहरीले लाठी र बुट बझार्याे,दर्जनौं साथीहरू घाइते भए पत्रकार सम्मेलनमा राप्रपा दाेलखाका अध्यक्ष राजन बहादुर शिवाकोटीले भने ।
दाेलखामा प्रहरी नै दुई भागमा बिभाजित भएकाे दाबि गर्दै शिवाकोटीले भन्छन सातदोबाटो चाैकीका प्रहरीले राँकाहरू बाल्न नदिने,बालेका राँका खाेस्न र निभाउन लागेकाे तर भ्रष्ट सरकारका मतियार ,जिल्ला प्रहरी कार्यालयकाे मुद्दा फाँटमा बसेर मात लागेका ,मत्तु साँढे बनि अशोक तमाङकाे कमान्डमा अाएकाे टाेलीले सामन किन्न अाउने ग्रहाकलाई समेत मरासन्न हुने गरि कुटपिट गरेकाे अध्यक्ष शिवाकोटीले दाबि गरेकाछन । पत्रकार सम्मेलन मै अध्यक्ष शिवाकोटी जनताले तिरेको करबाट तलब खाने प्रहरी सहायक निरिक्षक तमाङलाई तत्काल कार्वाही नगरे राप्रपाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएकाछन ।प्रहरी दमनकाे राप्रपा दाेलखा घाेर भर्सना गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीदाेलखाले प्रहरी दमनबाटराप्रपा दाेलखाका सचिव रामबहादुर तामाङ, प्रबक्ता भानुभक्त शिवाकाेटी, किसान संगठनका केन्द्रीय सदस्य किरण शाही, युवा माेर्चा दाेलखाका अध्यक्ष नवराज खड्का (राजाभाई), उपाध्यक्ष ताेरण सापकाेटा, दाेलखा-काठमाडौं उपत्यका सम्पर्क समाजका अध्यक्ष हाेम केसी आपगाई, पाण्डव सिंह पाण्डे, दिपराज भुजेल, राम्जी श्रेष्ठ, बिजय श्रेष्ठ, दिपेन्द्र याेगी, अजय थापा लगाएतका नेता तथा कार्यकर्ता घाईते भएकाे जनाएको छ ।
उनिहरूकाे सदरमुकामका अस्पतालमा उपचार भई रहेकाे छ।उनले घाईते नेता तथा कार्यकर्ताको र्स्वास्थ्य लाभकाे कामना समेत गरेकाछन।
आगामी दिनका यस्ता राष्ट्रवादी आन्दाेलनहरू थप ससक्त र प्रभावकारी बनाइने युवा माेर्चा दाेलखाका अध्यक्ष नवराज खड्का (राजाभाई)ले जानकारी दिए । युवा माेर्चा दाेलखाका अध्यक्ष राजाभाई भन्छन,प्रहरीकाे याे दमनले नालाएक सरकारकाे उदेश्य छर्लङ्ग भएकाे छ । प्रहरीले राँके जुलुस नियन्त्रण गर्ने नामा अन्धाधुन्ध लाठीचार्ज गरि राप्रपाका नेता कार्यकर्ता सक्त घाईते बनाएकाे नागरिक समाज दाेलखाले आराेपलगाएकाे छ। प्रजातन्त्रमा बिराेध जनाउने अधिकार सबैलाई छ,अन्धाधुन्ध लाठीचार्ज गर्नु गणतन्त्रकै उपहास हाे,नागरिक समाजदाेलखाका अगुवाहरूकाे भनाइ रहेकाे छ।
Leave a Reply