
जित सुनिश्चितका लागि काफ्ले र लामा मध्ये जसलाई टिकट दिएपनि फरक पर्दैन: दाेलखाली आवाज
दाेलखा १८ भदाै। नेपाली कांग्रेस दोलखाले मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।दाेलखा कांग्रेसले संघतर्फ ११ जना र प्रदेशतर्फ २७ गरि जम्मा ३८ जनाको नाम प्रदेश र केन्द्रमा निर्णय गरी पठाएको हो । जिल्ला कार्यसमितिले जिल्लाको एक मात्र संघीय निर्वाचन क्षेत्र तर्फ ११ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला सभापति बर्मा लामा, केन्द्रीय सदस्य जिपछिरिङ लामा, पुर्व जिल्ला सभापति तारा बहादुर कोईराला, केन्द्रीय सदस्य कुन्दनराज काफ्ले , केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, पुर्व सभापतिहरूरूद्रबहादुर खड्का र उद्धवराज काफ्ले रहेका छन् ।
नेपाली कांग्रेस दाेलखामा जाे पार्टी सभापति भयाे उसैले माननियकाे टिकट ल्याउने संस्कारले पहिलो नम्बरमा बर्मा लामाकाे नाम सिफारिसमा परेकाे छ प्रबक्ता राकेश श्रेष्ठ भन्छन ‘याे लाेक प्रियताकाे आधार हाे ।’
जिपछिरिङ लामा हाल संघीय संसदमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । कांग्रेसको विधानमा समानुपातिक उम्मेदवार नदोहोर्याउने व्यवस्था गरिएपछि उनलाई प्रत्यक्षतर्फ चुनाव लड्नुपर्ने बाध्यता भएर हाेला उनकाे नाम दुई नम्बरमा जिल्लाले सिफारिस गरेकाे छ । बर्मा लामा तटस्थ छन भने जिपछिरिङ देउवा निकट मानिन्छन् । यता ताराबहादुर काेईराला भने पाैडयाल टिमका दराे उमेदवारका रूपमा हेरिन्छ । जनपक्षीय ,लाेकप्रिय नेता जाे प्रत्यक्ष निर्वाचन जित्न सक्ने आंकलन गरिन्छ त्यसमा कुन्दन काफ्ले र बर्मालामा परेकाछन। स्थानीयकार्यकर्ता र समग्र युवाहरूले गरेकाे अांकलन सफल हुने ठाेकुवा स्थानीय नेता नविनश्री खत्री रहेकाेछ । नेता खत्री भन्छन नेपाली कांग्रेसकाे केन्द्रीय समितिले दाेलखामा कांग्रेसकाे जित हेर्न हाे भने काफ्ले र लामा मध्ये एकलाई टिकट दिनु पर्ने जनआवाज उठिरहेकाे देखिन्छ ।सिफारिस भएकाअरू नाम भने पछि अन्य लाभदायक पदकाे लागि च्याखे थाप्ने ,बर्गेनि गर्ने मात्र नभई, केन्द्रमा चिन्जान गर्नका लागि समेत नाम लेखाउने संख्याकाे दाेलखामा भिड लागेकाे मात्र हाे खत्रीले भने।बिनिता अधिकारी लाेकप्रिय,क्षमातावान ,त्यागी नेतृ हुन।उनी प्रदेशसभा (क) को प्रत्यक्षतर्फ उमेदवारमा सिफारिस भएकी छिन्।उनलाई पक्कै नेपाली कांग्रेसले उमेदवार बनाउने पूर्ण विश्वास दाेलखालीले गरेकाछन महिला नेतृ हाेमकुमारी फुयालले भनिन्” सांगठनिक क्षमातामा अधिकारी अबब्ल हुनुहुन्छ ।” संघकाे महिला प्रत्यक्षतर्फ लक्ष्मीकुमारी तामाङ र समानुपातिक तर्फ प्रभुराम श्रेष्ठ, पुष्कर कुमार खड्का र सुमित्रा न्यौपानेको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा (क) को प्रत्यक्षतर्फ भविन्द्र कार्की, ताराकुमार खड्का र भुवन केसी नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेश ख को समानुपातिकतर्फ शुक्रराज तामाङ, सुदर्शन कार्की, सोनाम शेर्पा, केदार सुनार, हस्तलाल तामाङ योञ्जन र महिलाबाट रोचना उप्रेती, तारा थपलिया, लिलादेवी जिरेल र सुमित्रा पाख्रिन सिफारिसको सुचीमा परेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (ख) को प्रत्यक्षतर्फ केशवराज चौलागाई, राकेश श्रेष्ठ, सन्तोष पाण्डे, युधिष्ठिर खड्का, कुलराज थापा र महिलाबाट छिरिङडोमा शेर्पाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ चित्र बहादुर कार्की, दावा शेर्पा, सिताराम ठकुरी, रामकुमार नेपाली, कविराज थामी र महिलाबाट अनिता श्रेष्ठ, सुनिता नेपाली र मोतिमाया मोक्तानको नाम सिफारिस गरिएको कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठले जानकारी दिए । यसै बिच नेपाली कांग्रेस दोलखा काठमाण्डौं सम्पर्क समिति तत्काल पुर्नगठन गर्नेगरी भंग गरिएको कांग्रेसले जनाएको छ ।
Leave a Reply