राजन बस्नेत
,दाेलखा ५ भदौ ।बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले दाेलखाकाे सदरमुकाम चरिकोटमा रहेकाे पशुपति चाैगालाई स्मृति अस्पतालमा नागरिकलाई निशु्ल्क स्वास्थ्य सेवा प्रदान गर्ने बताएकाछन ।
थप बिशेषज्ञ सेवा सहित नागरिक लाई सहजरूपमा निशुल्करूपमा स्वास्थ्यसेवा दिन प्रदेश सरकारले पहल गरेकाे पाण्डेले जानकारी दिए। तत्कालकाे लागि ६जना बिशेषज्ञ डाक्टर सहित ३२ जना स्वास्थकर्मीकाे विज्ञापन खुलाएकाेछ,सुविधा सम्पन्न अस्पताल दिने स्वास्थ सेवा अागामी दिनमा पशुपति चाैगालाई स्मृति अस्पतालले दिनेछ मुख्य मन्त्री पाण्डेले दाबि गरे ।दुई वटा एमअारअाई सेवा दिने मेसिन तत्कालै ब्यबस्था गरेकाे पाण्डेले बताए ।
जिल्ला समन्वय समिति दाेलखाकाे अायाेजनामा जिल्लाकाे बार्षिक समीक्षा गाेष्ठीकाे उद्घाटन गर्दै मुख्य मन्त्री पाण्डेले भने प्रदेश सरकारले बाग्मतीमा वडा समाजवादी कार्यक्रम लागू गरेकाे बताए।पहिलाे चरणमा बागमतीका २५ वडा थप एक कराेड प्रदान गरि याे कार्यक्रम प्रारम्भ गर्ने,यसले समाजमा पछाडि परेका सम्पूर्ण नागरिकको शिक्षा, स्वास्थ ,र राेजगारीमा ग्यारेन्टी गर्ने छ ।
नेपाल सरकारका पुर्व सुचना संचार तथा प्रविधि मन्त्री पार्वत गुरूङले तीन देश जाेड्ने लामाबगर -लप्ची – फलाक सडक अाफु मन्त्री हुदा रेडबुकमा पारेकाे दाबि गरे।अहिले प्रदेश सरकारले बजेट बिनियाेजन गरे पनि सरू अाफुबाट भएकाे दाबि उनकाे थियाे ।
प्रदेश सरकारका बन ता बताबरण मन्त्री बिशाल खड्काले जिरिकाे बिकासकाे लागि कृति तालबनाउन १५ कराेड छुट्टाएकाे र यसलाई सम्पन्न गर्न सरकारले करमिकरूपमा बजेट बिनियाेजन गर्ने बताए ।
दाेलखाका नाै पालिका का जनप्रतिनिधि ,राष्ट्र सेवक कर्मचारी हरूकाे बार्षिक समीक्षा बैठकमा सहभागीता रहेकाे थियाे। जिल्ला समन्वय प्रमुख बर्जुराम घतानीकाे सभापतित्वमा भएकाे थियोे ।
Leave a Reply