
दीपशंकर चाैलागाई
दाेलखा २ भदौ ।दृष्टिविहिन तथा अपांगता भएका महिला, जनजाति, दलित, असहाय, बृद्धहरुलाई समेटी ग्रमिण क्षेत्रलाई विकासको मुलधारमा लैजान अनवरत रूपमा लाग्ने संस्थाले समाजिक परीक्षण गरेकाे छ ।
प्राेजेक्ट संचालन रहेका क्षेत्रका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, स्थानीय बुद्धिजिवि,जिल्ला स्तरका नेता तथा समाजिक कार्यकर्ताकाे सहभागितामाअपांङग तथा दृश्टिविहिन समुदाय सेवा संघ दाेलखाले समाजिक परिक्षणा रहेकाेछ।हुईल्चेर,बैशाखी,लठ्ठी लगायतकासामग्री मात्र बितरण गरि अपांगता भएकाे ब्यक्तिकाे जिविकाेपार्जनमा काम गरि समाजमा सकारात्मक प्रभाव पार्न सफल भएकाे जिरिनगरपालिका का मेयर मित्र जिरेलले बताए ।
करिब ३ बर्षे अविधमा समुदायको ५४ जनालाई खोज तथा उद्दार र प्राथमिक उपचार सम्बन्धी तालिम दिई
समावेशी विपद् जोखिम न्यूनिकरणमा चेतनाजागृत गराएकाे छ ।. अपाङ्गता भएका ९ जना बालबालिकाहरुको शिक्षा निरन्तरताको लागि सहायक सामग्री र शैक्षिक सामग्री सहयोग गर्दै अाएकाे छ ।२२५ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रसुती सम्बन्धी अपाङ्गता निम्त्याउन सक्ने विभिन्न स्वास्थ्य अवस्थाहरुबारे तालिम संस्थाले दिएकाे सार्वजनिक गरेकाे छ ।
राम्रोसँग काम गरेमा सहयाेग गर्ने नराम्रो काम भए दण्ड गर्ने पनि जनप्रतिनिधिको पछि पर्दैन जिल्ला समन्वय समितदाेलखाका प्रमुख बर्जुराम घतानी भन्छन सुशासनका बिषयमा पार्दशी हुनु पर्दछ।
स्वदेश वा विदेशी संघ संस्थाहरुसंग समन्वय गरी वैचारीक एकता तथाअनुभव साटासाट गर्ने ।अपांगता सम्बन्धी चेतना तथा ज्ञानमुलक सभा गोष्ठि छलफल गर्ने । अपांगता भएका बालवालिकाहरुलाई पठनपाठन गर्न गराउन मद्धत गर्ने ।अपांगताहरुलाई समुदायमा नै पुनर्स्थापना गराउने ।अन्य रचनात्मक कार्यहरु गर्ने l काेहीजमिन्दै काेही कारणा बश अपाङ्गता भएका नगिरककाे जिविकाेपार्जन समबन्धी काम गरेकाेमा संस्थाकाे तारिफ गर्दै मेलुङ गाउपालिका अध्यक्ष हिराकुमार थाेकरले अपाङगतालाई थेरापिसेवा दिई नर्मल जिबनमा फर्काउन सफलमा तारिफ गरेकाछन।अपाङ्गता भएकाव्यक्तिहरुको.स्वास्थ्य,शिक्षा.जिविकोपार्जन,सामाजिक सुरक्षा,.समावेशी विपद् जोखिम न्यूनिकरण,कोभिड १९ प्रतिकार्यका क्षेत्रमा परियोजनाले क्रियाकलाहरूसंचालन गरेकाे छ ।
संस्थाका अध्यक्ष रामकृष्ण तमाङकाे अध्यक्षतामा भएकाे कार्यक्रम भिमेश्वर नगरपालिका कि उपप्रमुख कमला बस्नेत ,जिरी नगरपालिका उप प्रमुख कृष्णमाया बुढाथोकी ,शैलुङगाउपालिका उपाध्यक्ष पार्वती कार्की ,मेलुङ गाउपालिका उपाध्यक्ष गायत्री अार्चाय , स्वास्थ कार्यलय र नगरपालिकाका कर्मचारीहरूकाे उपस्थिति रहेकोे थियाे ।साे समारोहमा संस्थाले ३ बर्ष सम्म गरेका गतिविधि र यसले समाजमा पारेका प्रभावका बिषय समाजिक कार्यकर्ता शेरबहादुर भुजेलले प्रशिक्षण एवम जानकारी गराएका छन।
संस्थाका कार्यक्रम अधिकृत फनिन्द्र चाैलागाईले यसका उदेश्य र प्रभावकारिता सवालमा प्रकाश पारेका छन ।लेखाकाे जिम्मेवारी पाएका कर्मचारी कैलाश बुढाथोकीले अार्थिक गतिविधि सार्वजनिक गरेका छन ।अार्थिक पार्दशिताका साथ समाजिक परिक्षण कार्यक्रम सहभागितामाअपांङग तथा दृश्टिविहिन समुदाय सेवा संघ दाेलखाकाे सम्पन्न भएकाे छ।
Leave a Reply