दीपशंकर चाैलागाई
दाेलखा २९ साउन ।कांग्रेसको पक्षमा देशभर जनलहर हुँदाहुँदै पनि गठबन्धन गरेर चुनावमा जान बाध्य रहेको कांग्रेसका सचेतक मीन बिश्वकर्मा बताउनुभयो ।
नेपाली जनतालाई निर्भीक भएर हिड्न पाउने, बास बस्न पाउने र बाँच्न पाउने अधिकार दिलाउन नेपाली कांग्रेसकाे नेतृत्वमा रहेकाे सरकारले तत्कालीन अान्दोलनरत पक्ष लाई ८३ सिट दिई त्याग गर्ने कांग्रेसले अहिले पनि गठबन्धन गरेर त्याग देखाउदै छ सचेतक बिश्वकर्मा भन्नुभयाे।
गठबन्धन हाम्रा लागि मात्रै होइन, मुलुकको अहिलेको राजनीतिक व्यवस्था र संविधानकाे रक्षाकाे लागि पनि हाे। स्कुल अफ डेमोक्रेसीले आइतबार दोलखामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले भन्नुभयो ।
विश्वकर्माले नेकपा माओवादी केन्द्रले जुनसुकै बेला जस्तोसुकै गठबन्धन गर्न सक्ने अस्थिर मानसिकता देखाउदै अाएकाेले राजनीतिक व्यवस्था र संविधानकाे रक्षालाई गठबन्धन बाध्यतामा दाबि गर्नुभयो ।
जनप्रतिनिधि , नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्कर्तालाई प्रशिक्षण दिदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब याे देशकाे अस्मिता जाेगाउन कांग्रेस बिकल्प अन्य पार्टी नभएकाे बताउनुभयो ।उहाँको भन्नुभयो नेकपा एमाले सरकारमा हुदा गरेकाे चरम भ्रष्टाचार , अधिनायकवादी कम्युनिस्ट शैलिका गतिविधि लाईअन्तर्राष्ट्रिय स्तरबाट हेरि सहयाेग नगरेका कारण खसकिदै गएकाे अार्थिक अबस्थामा लाई मजबुत बनाउन नेपाली कांग्रेसको नेतृत्वमायश पटकपनि गठबन्धन हुने छ।
स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठकाे सभापतित्वमा अायाेजित प्रशिक्षण कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले ,पार्टी सभापति बर्मा लामा,लाेकतान्त्रिक पर्यटन ब्यवसायी संघका केन्द्रीय अध्यक्ष कुमार अधिकारी ,नेबिसंघ अध्यक्ष भिम खड्काले सम्बाेधन गरेकाछन।
Leave a Reply